
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ मजबुत ढंगले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा बुधबार सानको कार्यालयमा भएको बैठकमा सदस्य-सचिव घिसिङले राज्यका विभिन्न निकायसँग समन्वय गरी सानलाई वैज्ञानिक ढंगले अगाडि बढाउँदै मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको हो । ‘सानलाई मजबुत बनाउन प्रदेश र स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्नु आवश्यक छ । नेपाली खेलकुदलाई वैज्ञानिक ढंगले कसरी अगाडि बढाउन सकिन्छ यो विषयमा गम्भीर भएर काम गर्नुहोस्,’ सदस्य-सचिव घिसिङले बैठकमा भन्नुभयो, ‘सरोकारवाला सबैसँग छलफल गरेर खाका तयार गर्नुहोस् ।’
बैठकमा राखेपका पूर्वसदस्य-सचिव युवराज लामाले सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सानका निर्देशक कृष्णप्रसाद तिम्सिनाले सानले विगतमा गरेको कार्यक्रमको जानकारी गराउनुका साथै भावी कार्यक्रमबारे पनि प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच