डलरको भाउमा सामान्य वृद्धि, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.०७ र बिक्रि दर १३३.६७ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३५ रुपैयाँ र बिक्री दर ८७.७४ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ०८ रूपैयाँ ११ पैसा र बिक्री दर १० रूपैयाँ १३ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६० रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.५८ पैसा र विक्रीदर ४३३.५३ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?