काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको हो । नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, प्रशन राई र पशुपति राईको अभिनय छ ।
अमोद राई र नवीन सुब्बाको निर्माणमा तयार भएको चलचित्रमा महेश राई र नवीन सुब्बाको पटकथा छ । बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथामा यो चलचित्र निर्माण भएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो चलचित्र मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच