प्रकाश सपुतको ‘खुलेर कुरा गरौँ’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायक प्रकाश सपुतले ‘पर पर छु’ को गीतको सिक्वेलका रुपमा नयाँ गीत बजारमा ल्याएका छन् । उनले महिनाबारीसम्वन्धी विषयलाई खुलेर कुरा गर्नुपर्छ भन्ने आशयले गीतको बोल नै ‘खुलेर कुरा गरौं’ राखेका छन् ।

शुक्रबार प्रकाश सपुतको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई धेरैले मन पराएका छन् । महिलाहरुमा हुने महिनावारी समस्या, समाजमा महिनावारी हुँदा नारीहरुले भोग्नुपर्ने समस्या, यातना र छोइछिटोजस्ता कुप्रथालाई निरुत्साहित गर्नुपर्ने गीतको मूल आशय छ ।

उक्त गीतको म्युजिक भिडियोमा सपुत सँगै केकी अधिकारी, तुलसी बोहरा, सेबिता अधिकारीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । सुनिल बिकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, सुनिता बुढा मगर र रेखा जोशीको गीतमा स्वर रहेको छ ।

युट्युवमा सार्वजनिक गरेको ११ घण्टामा यो समाचार तयार पार्दासम्म भिडियो ७८ हजार बढीले हेरिसकेका छन् । यस्तो छ, भिडियोः

यस्तो छ, भिडियोः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?