‘श्वेताम्बरी’ कवि पदम दाहालको कवितासंग्रह हो । शब्दयात्रा प्रकाशन अक्षरधाम नीलकण्ठेश्वर बनेपा, काभ्रे प्रकाशक रहेको यो पुस्तक उक्त प्रकाशनको प्रकाशन पुष्प : १६६ नम्बरमा रहेको छ । पहिलो संस्करणका रूपमा ५०० प्रति प्रकाशन भएको यस पुस्तकको सर्वाधिकार कविमै रहेको छ भने पुस्तका २०७८ सालको पुस महिनामा प्रकाशित भएको छ । गीता अधिकारीको साजसज्जा रहेको पुस्तकको अक्षरांकन कुशल दाहाल र प्राञ्जल दाहालले गर्नुभएको छ । डिएमआई साइजमा प्रकाशित यस पुस्तकको छपाइ स्तरीय छ ।
अशुद्धिहरू कमै मात्र पाइन्छन् । पुस्तकमा जम्मा १४४ पृष्ठ छन् र यसको मूल्य २५० रुपैयाँ छ । तौलरहित पहेंलो कागज प्रयोग भएको पुस्तकको आवरणसज्जा इन्जिनियर रोशन मञ्जुश्री अधिकारीबाट भएको छ भने पुस्तको मुद्रण सर्वश्री क्वालिटी प्रिन्टर्स, बनेपा, काभ्रेमा भएको छ । आवरणमा सादा खैरो रंगको छ र यसका नारी र पुरुष जस्तो लाग्ने अमूर्त चित्र रहेको छ । पृष्ठ आवरणमा कवि दाहालको फोटोसहितको परिचय दिइएको छ । यहाँ उहाँका पारिवारिक परिचय, प्रकाशित कृतिहरू, प्राप्त मानसम्मान र पुरस्कारहरू तथा सयी अस्थायी बसोवासको स्थानलगायता दिइएको छ ।
कविले यस संग्रहका कविताहरूमा विविधता दिन पनि खोज्नुभएको छ । मानवीय संवेदना, विराट कल्पना, प्रकृति चित्रण, प्रेमप्रणय, वर्तमान समयको चित्रण, राजनीति, राष्ट्र र राष्ट्रियता, समाज चित्रण, महामारीको प्रकोप, गरिबी, व्यंग्यजस्ता विषयलाई चित्रण गर्न चाहनुभएको छ ।
भूमिका खण्डमा कविले यो पुस्तक माता रत्नकुमारी दाहाल र पिता हरिनारायण दाहालमा समर्पण गर्नुभएको छ । त्यसपछि प्रा.डा. कृष्णप्रसाद दाहालको ‘काव्यिक उन्नयनका अभियन्ता पदम दाहाल’ शीर्षकको लामो आलेख छ । यसपछि डा.इन्दुल केसीको ‘शुभेच्छाका दुई शब्द’, कवि दाहालको ‘लेखकीय मन्तव्य’ । हरि मञ्जुश्रीको ‘प्रकाशकीय’ रहेका छन् । त्यसपछि कविताक्रम छ । यस पुस्तकमा उहाँका ६७ वटा कविता रहेका छन् । यी कविताबाट उहाँको प्रवृत्ति केलाउने हो भने कवि सामान्यतया छोटोछोटा शीर्षक राख्न रुचाउनुहुन्छ भन्ने देखिन्छ ।
उहाँको एक शब्दको शीर्षकका कविता १२, दुई शब्दका २८, तीन शब्दका १३, चार शब्दका १२ वटा छन् र पाँच शब्दको शीर्षकको कविता एउटा छ । यो उहाँको गद्य कविताको संग्रह हो । उहाँले प्रायः छोटाछोटा कविता लेख्ने गर्नुभएको दृष्टान्ट हो यो पुस्तक यहाँका अधिकांश कविता एक र दुई पृष्ठको फैलावटमा छन् भने थोरै संख्यामा ती पृष्ठको फैलावटसम्म विस्तार भएका छन् । संग्रहका सबै कविताहरू संग्रहका रूपमा आउनुभन्दा पहिले विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
यहाँका केही कवितामात्र अन्यत्र प्रकाशित नभएका छन् र प्रायः मधुपर्क, संकल्प, हिमालय टाइम्स, सप्तरंगी, नेपालभूमि, स्टार एक्स्प्रेस, फ्रेसनेस नेपाल, सिर्जना अभियान, संसार न्यूज, जनमत मासिक, दायित्व, एबिसिडी डटकम, पूर्वेली न्यूज, कल्पतरु, कलाश्री साहित्य, खबर कुञ्ज, शिवनगर दर्पणलगायत पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । यसबाट पनि कविको कवित्वको प्रकाशन विस्तार बारे बुझ्न सकिन्छ । उहाँ सक्रिय रूपमा साहित्यमा समर्पित हुनुहुन्छ भन्ने प्रमाण हो । कविले यस संग्रहका कविताहरूमा विविधता दिन पनि खोज्नुभएको छ । मानवीय संवेदना, विराट कल्पना, प्रकृति चित्रण, प्रेमप्रणय, वर्तमान समयको चित्रण, राजनीति, राष्ट्र र राष्ट्रियता, समाज चित्रण, महामारीको प्रकोप, गरिबी, व्यंग्यजस्ता विषयलाई चित्रण गर्न चाहनुभएको छ ।
यसरी कविले यस संग्रहमा विषय विविधतालाई एकै ठाउँमा समेट्ने प्रयास गर्नुभएको पाइन्छ । पुस्तक सार्वजनिक हुनु आफैंमा एउटा उपलब्धि हो । यसका लागि कवि दाहाललाई बधाई तथा सफलताको कामना छ । उहाँबाट यस्तै अन्य पुस्तकहरूका लागि अपेक्षा गर्नु अन्यथा हुनेछैन, यसका लागि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच