काठमाडौं । यस साता सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । अमेरिकी श्रम बजारमा देखिएको सुधारसँगै सुनको मूल्यमा कमी आएको बताइएको छ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ थियो । जुन साताको अन्तिम कारोबार अर्थात् शुक्रबारसम्म एक लाख १८ हजार आठ सय रुपैयाँमा झरेको हो ।
सोमबार प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । मंगलबार भने सुन प्रतितोला एक लाख १९ हजार दुई सयमा झरेको थियो । बुधबार एक लाख १८ हजार चार सय र बिहीबार दुई सयले बढेर एक लाख १८ हजार छ सय रुपैयाँ पुगेको थियो । चाँदी भने ८५ रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ कायम भएको छ ।
विश्व बजारमा उत्पन्न द्वन्द्वको प्रभाव, अमेरिकी रिजर्भ बैंक फेडले गरेको नीतिगत परिवर्तन र डलरको मूल्यमा परेको चापलगायतका कारण सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच