उदयपुरको गाईघाटमा भीषण आगलागी, लाखौंको क्षति

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

आइतबार रातिको समयमा अटोमोटर साइकल वर्कशपबाट विद्युत सर्टभई आगलागी सुरु भएको थियो ।

त्रियुगा नमूना मावि विद्यालयको टिनको पूरानो भवनमा रहेको राज अटो मोटरसाइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगोले मोटरसाईकल ग्यारेज तथा दक्षिणतर्फका किराना र पान पसल जलेर नष्ट भएको छ ।

सडकमा जोडिएको त्रियुगा नमूना माविको पुरानो भवनका कोठाहरु भाडामा लिएर ग्यारेज र पसलहरु सञ्चालित थिए । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिए पनि कति क्षति भयो भन्ने यकिन भईसकेको छैन । ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिन तथा यन्त्र उपकरणहरु जलेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्द्रन चौधरीले क्षति भएका सामग्री र विवरण अहिले नै यकिन गर्न नसकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?