कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो ।

महासमिति बैठकको तयारी तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?