काठमाडौं । सुनचाँदी कारोबार व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सोसम्बन्धी स्पष्ट निर्देशिका ल्याउनुपर्ने सुझाव उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूले दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंमा आयोजना गरेको सरोकारवाला व्यवसायी, उपभोक्ता तथा उपभोक्ता अधिकारकर्मीसँगको बृहत् अन्तरक्रियामा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तर्फबाट सुनचाँदी व्यवसाय र यस क्षेत्रमा देखिएका समस्या तथा तिनको समाधानका विषयमा एक कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा विभागका निर्देशक आनन्दराज पोखरेलले सुनचाँदी क्षेत्रका समस्या र तिनको समाधानका लागि राज्यले चाल्नुपर्ने कदमबारेमा प्रकाश पार्नुभएको थियो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारसम्बन्धी स्पष्ट निर्देशिकाको अभावमा बजारमा विभिन्न समस्या आएको भन्दै तत्काल निर्देशिका ल्याउन सुझाव दिनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीले झेल्नुपरेका समस्याबारेमा विभागको ध्यानाकर्षण गराउनुभएको थियो । छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष विपिन रामुदामु, कोषाध्यक्ष सुदिप श्रेष्ठ, कार्यवाहक महासचिव किरणभाइ बज्राचार्य तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्री र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल राष्ट्र बैंक, गुणस्तर तथा नापतौल विभागलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच