काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायीले फर्निचर तथा फर्निसिङ व्यवसायलाई धरासायी हुनबाट जोगाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको २४औँ वार्षिक साधारणसभाका सहभागीहरूले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताएका हुन् ।
संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ काठ तथा काठजन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गर्दै काठजन्य वस्तुको लिलामी प्रक्रियामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माणमा जोड दिनुभयो । व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटक-पटक आहृवान गर्दा पनि चासो नदिएको उहाँको गुनासो थियो ।
प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा रहे पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनुपर्ने बाध्यता रहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन माग गर्नुभयो । काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध भए तापनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भर पर्ने अवस्था बनेको भन्दै उहाँले व्यवसायीलाई उत्पादनको स्तर गुणस्तरीय बनाउनसमेत आग्रह गर्नुभयो । स्वदेशी फर्निचर प्रयोग बढाउन हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि चेम्बरले सरकारी तथा निजी तबरबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । उत्पादनको ब्राण्डिङ गर्ने, कम्पनीको लोगो बनाउनेतर्फ पनि व्यवसायीले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
करिब एक लाख ५० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच