काठमाडौं । चलचित्र ‘मायाका रंगहरू’ (कलर्स अफ लभ)को मुख्य भूमिकामा अभिनेता पल शाह अनुबन्धित हुनुभएको छ । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय रहेको यो चलचित्र प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।
यो इन्डो-नेपाली सिनेमाको छायांकन पल शाहले ‘पुजार सार्की’को छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने जनाइएको छ । चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनुभएको छ । पर्यटन पवद्र्धनका लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने यो चलचित्रमा ६० प्रतिशत चलचित्रकर्मी भारत र ४० प्रतिशत नेपालबाट लिने तयारी निर्माण टिमको छ । नेपाली र हिन्दीमा छायांकन गरिने चलचित्रमा पल शाहबाहेक अन्य कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच