नेताहरुले धरातललाई बिर्सन हुदैन : उपसभापति श्रेष्ठ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेताहरुले धरातललाई बिर्सन नहुने बताउनुभएको छ । पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा भएको नेपाली कांग्रेस गुल्मीको १३ औं बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता श्रेष्ठले धरातललाई बिर्सने नेताहरु बढी भएको भन्दै पार्टीका सबै नेताले तल्लोसम्म ध्यान पुर्याउन जरुरी रहेको बताउनुभयो । पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

पार्टीमा स्वत: भन्ने प्रावधान हटाउनुपर्ने भन्दै उहाँले सबै तल्लो तहबाट कर्म गरेर आउनुपर्ने बताउनुभयो । नेताहरु सधै कार्यकर्ताको भावना अनुसार चल्ने हुनुपर्ने भन्दै सबै मिलेर एकताबद्ध भएर संगठनमा लाग्नुपर्ने बताउनुभयो । सानातिना सबै कुराहरु छोडेर संगठनमा लाग्न आग्रह गर्नुभयो ।

त्यसअवसरमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले “गुल्मी कांग्रेसको अठोटस सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत रहेर पार्टीका सबै संगठनलाई सशक्त र क्रियाशील बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । सबैले एकताबद्ध भएर कर्म गर्नुपर्ने भन्दै बसी बसी नेता बन्ने कुराको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

बैठकमा कांग्रेस गुल्मीलाई जिल्लामा अब्बल र बलियो बनाउने कुरामा विशेष छलफल भएको सचिव जगदीश भट्टराईले बताउनुभयो । पार्टीका हरेक गतिविधि आम गुल्मेली जनता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भावना अनुसार हुनेपर्ने बैठकमा सहभागीहरुले बताउनुभयो । सो बैठकको सहजीकरण अर्का सचिव भगतसिंह खड्काले गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?