डेनमार्कका खेल खेलेर शिक्षा लिँदै मुगुका बालबालिका

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । शिक्षा आर्जन गर्नको लागि दैनिक किताबका अक्षर मात्र न पढेर अन्य बाहिरीए सामाजिक, धार्मिक, आर्थिक कार्टुन, टिभि, रेडीयो, हेरेर, देखेर, सुनेर, प्रयोग गरेर शिक्षा लिन सकिन्छ भन्ने उदाहरण मुगुको छाँयानाथ रारा नगरपालिकामा रहेको एक माध्यामिक बिद्यालयमा खेलको माध्यमबाट विद्यार्थीहरुले लिइरहेको शिक्षाबाट प्रष्ट हुन्छ ।

कर्णाली माध्यामिक बिद्यालय टोप्लामा अध्ययनरत बालबालिकाहरुलाई डेनमार्कमा अध्यानरत त्यहाँका विद्यार्थीहरुले खेलका माध्यमबाट शिक्षा लिन सकुन भनेर पठाएका खेल सामाग्रीहरु प्रयोग गरेर खेलको माध्यमबाट शिक्षा लिईरहेका छन् ।

'डेनमार्कका विद्यार्थी साथीहरुले खेल सामाग्री निमार्ण गरी हामीलाई खेलका माध्यमबाट शिक्षा आर्जन गर्नको लागि पठाईएका २ दर्जन भन्दा बढी खेल सामग्रीहरुबाट धेरै खेल सिकी सकेका छौं, ईस्कल, हल्ली चल्ली, क्यास माईफिस, लुडो जस्ता खेलहरुका नियम, खेलसामग्री निर्माण गर्ने तरीका सिकेर खेलको माध्यमबाट ज्ञान लिएका छौं । हामीहरुले पनि स्थानिय स्रोत साधनबाट बिभिन्न खेलहरुका सामाग्रीहरु बनाएका छौं, बनाएका सामानहरु डेनमार्कका बिद्यालयमा अध्यानरत साथीहरुलाई पठाउने तयारीमा छाै ।' कक्षा ८ मा अध्यनतर छात्रा पबित्रा बिष्टले भन्नुभयो ।

'खाली किताब पढेर ज्ञान लिनु भन्दा पनि खेलको माध्यम बाट शिक्षा आजर्न गर्नको लागि डेनमार्कमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेर पठाएको धेरै खेलहरु छन्, कुनै खेल नाम सुनेका कुनै नाम नसुनेका, नयाँ नयाँ खेल सामाग्रीहरु आएका छन् । हिजाे आज विद्यार्थी भाई वहिनीहरुले खेलहरुको नियम, खेल खेल्ने तरीका सिकेका छन् । खेलको माध्यम बाट धेरै ज्ञान लिएका छन् । डेनमार्कबाट पठाएका खेलको फलो गर्दै, मुगुमा पाईने स्थानिय सामग्रीहरुबाट पनि खेल सामग्रीहरु निर्माण गरीरहेका छन् । हाम्रो बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरु डेनमार्क पठाउने तयारीमा छाैं ।' खेल शिक्षक सुर्य कुमारी शाहीले भन्नुभयाे ।

डेनमार्कमा रहेको डेनमार्क स्कुल लाईफ नामक संस्था र मुगुमा रहेको सिडीएस पार्क नामक सस्थाहरुको समन्वय सहकार्यमा डेनमार्कका विद्यार्थीले उत्पादन गरेका खेल सामग्री खेलहरु मुगु पठाउने र मुगुका विद्यार्थीहरुले बनाएका खेल र सामाग्रीहरु डेर्नमार्कमा अध्यनरत विद्यार्थीहरुलाई पठाउने काम गरिरहेका छन् ।

विद्यार्थीहरुले विश्व परिवेश वुझोस, रचानात्मक सोच बनाओस, मानसिक,शारिरीक,तन्दुरुस्ती होस, नयाँ नयाँ कुराको उत्पादन गर्न,कुलतबाट बच्न सकोस र विश्वका सबै मानवहरु विच भाइचाराको सम्बन्ध बनाउन खेल र शिक्षाका माध्यमबाट सफल होस भन्ने उदेश्यले खेल नै संसार भन्ने नाराका साथ नेपाल कै दुर्गम जिल्ला मुगु र डेनमार्कका विद्यार्थीविच खेल आदान प्रदान भैरहेको सिडीएस पार्क मुगुका कायकारी निर्देशक अज बहादुर शाहीले जानकारी गराउनु भयो ।

खेल मात्र होइन खेलका माध्यमबाट दुबै देशका विद्यार्थीविच मितेरी सम्बन्ध कायम भै भविष्यमा ती सम्बन्ध प्रगाढ भै सुख दुखका सारथी भएको देख्ने सपना सिडिएस पार्कले देखेको पनि निर्देशक शाहीले सुनाउनु भयो ।

अहिले समाज कल्याण परिषदमा खेल नै संसार परियोजना स्विकृतका लागि प्रकृयामा रहेको र कर्णाली माध्यमिक विद्यालय टोप्लाका विद्यार्थीहरुको नतिजा पछि अन्य विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने योजना बनाएको पनि निर्देशक शाहिले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?