काठमाडौं । अभिनव साहित्य समाजले २६२औं मासिक शृखलाअन्तर्गत बद्रीनाथ-अभिनव छन्दसाधक पुरस्कार तथा सम्मान अर्पण गरहेको छ । त्यसैक्रममा हेमन्त कवि गोष्ठीको पनि आयोजना गरिएको थियो । बद्रीनाथ अभिनव छन्दसाधक २०८० पाल्पा तानसेनका डिल्लीराज अर्याललाई नगद १० हजारसहित दोसल्ला ओेढाई सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि वाग्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीकाजी रोशन हुनुहुन्थ्यो भने अभिनव साहित्य समाजका उपाध्यक्ष बिमल अर्यालले सभापति आसन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथिमा उद्वव रायमाझी, मेनुका पोखरेल, कोमल लामिछाने र गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।
कार्यक्रममा उद्धव रायमाझीले सम्मान-पत्र पढेर सुनाउनुभएको थियो । गोविन्द घिमिरे वेदमणिले पुरस्कारको विषयमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा अतिथिहरूले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच