
काठमाडौं । एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २० गते शुक्रबार दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले यस्तो आदेश दिनुभएको हो ।
यसरी नै सो रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि पुस १६ गते बोलाउने आदेश भएको छ । रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको थियो।
यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भइसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ।
आजिएटाले केही दिनअघि सञ्चार मन्त्रालयलाई जवाफी पत्र पठाउँदै आचार्यलाई ६ अर्ब ६५ करोड रुपैयाँमा आफ्नो स्वामित्वको सबै शेयर बिक्री गरेको स्वीकार गरिसकेको छ ।
सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच