
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।
केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउनु भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।
उहाँको भ्रमणमा नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहने छ। यसैगरी संयुक्त आयोगको बैठकपश्चात विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।
मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्ने कार्यक्रम छ। श्रीलंकाली विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री अली साब्रीले नेपालमा रहेका श्रीलङ्का प्रवासी समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
साब्री शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच