
काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निस्कासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेका छन् । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलोपटक दिएको समयमै सबै डिबेन्चर बिक्री भएको बैंकले जनाएको छ ।
बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब २० करोड बराबरका १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको थियो ।
बैंकका अनुसार सर्वसाधारणलाई छुट्याएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् छ करोड बराबरका ६० हजार कित्ता सामूहिक कोषका लागिसमेत समावेश गरिएको थियो । सातवर्षे ऋणपत्रमा लगानीकर्ताले नौ प्रतिशत ब्याजदर पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच