बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
जिल्लाको बझाङ बुंगल नगरपालिका २ गिरौ सुगरीबगर स्थित भित्री कच्चि सडक खण्डमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहराले चलाएको से.१ज.७९४ नंम्बरको जिप ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अन्दाजी १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाईते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते बोहराको अवस्था मध्यम रहेको छ । आज बिहीबार बिहान ६ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटनास्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच