
लण्डन । वेस्टइण्डिजले पाँचौं तथा अन्तिम टी-२०आई खेलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । योसँगै पाँच खेलको सिरिज वेस्टइण्डिजले ३-२ ले जितेको हो । जितका लागि १३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइण्डिजले १९-२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइण्डिजको जितमा शाई होपले ४३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो । क्रिस वोक्सलाई छक्का हान्दै होपले खेल जिताउनुभएको थियो ।
शेर्फान रदरफोर्ड ३० र जोनसन चाल्र्स २७ रनमा आउट भए । आन्द्रे रसेल ३, रोभम्यान पावेल ८ र निकोलस पुरनले १० रन बनाउनुभयो । इंग्ल्याण्डका स्पिनर आदिल राशिद र रिस टोप्लीले २-२ विकेट लिनुभयो ।
त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड १९-३ ओभरमा १३२ रनमा अल आउट भएको थियो । इंग्ल्याण्डका ओपनर फिलिप साल्टले २२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाउनुभयो । लियाम लिभिङस्टोन २९, जस बटलर ११, विल ज्याक्स ७, मोइन अली २३ र साम करन १२ रनमा आउट हुनुभयो । वेस्टइण्डिजका गुडाकेश मोतीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिनुभयो । आन्द्रे रसेल, अकिल हुसेन र जेसन होल्डरले २-२ विकेट लिनुभयो ।
त्यस्तै भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै उपाधि जितेको छ । योसँगै तीन खेलको ओडिआई सिरिज भारतले २-१ ले जितेको छ । जितको लागि २९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८७ बलमा ६ चौका र ३ छक्कासहित ८१ रनमा आउट हुनभयो ।
कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाउनुभयो । भारतका अर्शदीप सिंहले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिनुभयो ।
त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । भारतको जितमा सञ्जु स्यामसनले ११४ बलमा ६ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेल्नुभएको थियो । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पनि थियो । यसअघि तीन खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । अव दुई खेलको टेष्ट सिरिज हुनेछ । पहिलो टेष्ट २६ डिसेम्बरदेखि सुरु हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच