इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छ : संयुक्त राष्ट्र प्रमुख

फाइल तस्बिर

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ ।

इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको हो । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः शुरु गर्न आवश्यक रहेको बताउनु भयो ।

करिव १९ लाख मानिस (गाजाको जनसंख्याको ८५ प्रतिशत) आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेरेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?