दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि थपिएका दुई नयाँ मन्त्रीको शपथ दिउँसाे तीन वजे तय भएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका छन् ।
केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उहाँहरूको नाम टुंगो लगाइ प्रदेश प्रमुखकहाँ शपथका लागि पठाइसकेका मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ ।
लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा 'रोज राणा' को नामबाट परिचित हुनुहुन्छ । चलचित्र निर्माता उहाँ अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित हुनुभएको थियो । उहाँ संस्थापन पक्षधर मानिनुहुन्छ ।
कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो । माओवादीले बाँकेकी कृष्णासँगै रोल्पाका दीपेन्द्र पुन (सिजल) लाई मन्त्री बनाउन सिफारिस गरेको थियो । तर कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अडान र विरोधका कारण दीपेन्द्र मन्त्री बन्ने सम्भावना क्षिण बनेको हो ।
अमरसिंह र दीपेन्द्र चुनावी प्रतिस्पर्धामा होमिएका थिए । पार्टीबाट टिकट नपाएपछि दीपेन्द्र विद्रोह गरी गठबन्धनविरूद्ध स्वतन्त्र रूपमा चुनाव लडेर जितेका थिए । निर्वाचित भइसकेपछि मात्रै दीपेन्द्र पुनः माओवादी प्रवेश गरेका थिए ।
गठबन्धनविरूद्ध उभिएर गठबन्धन संस्कार लत्याउने व्यक्तिलाई कुनै पनि हालतमा गठबन्धन सरकारले मन्त्री बनाउन नहुने अडान अमरसिंहले लिएको हुँदा दीपेन्द्र मन्त्री हुने सम्भावना तत्काल टरेको हो ।
सरोज थापालाई पनि मन्त्री बनाउन नहुने भन्दै भएको विरोधका कारण यसअघि मन्त्रिमण्डल विस्तारमा विलम्ब हुँदै आएको थियो । कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएका थिए ।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार त्यहीकारण सरोज थापालाई मन्त्री बनाउन नहुने भन्दै यसअघि पटकपटक मन्त्रिमण्डल विस्तार गर्न खोजिएको प्रयास सफल हुन नसकेको हो ।
'अहिले पनि मुख्यमन्त्रीले कांग्रेसका लुम्बिनी सभापतिलाई आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिको नाम दिन अनुरोध गर्दै आउनुभएको थियो। तर उहाँले सक्नुभएन,' सचिवालयका एक कर्मचारीले भने, 'पार्टीभित्र विवाद पनि गरिराख्ने र सरकार पनि विस्तार गर्न नदिने प्रवृत्ति ठीक होइन भन्ने ठानेरै मुख्यमन्त्रीले सरकार विस्तार गर्नुभएको हो ।'
लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनले नाम दिए फेरि एक जनालाई मन्त्री बनाउने सम्भावना भने रहेको उहाँले जानकारी दिनुभयाे ।
अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीसँग कुनै समन्वय नगरी एकलौटि गरे स्वीकार्य नहुने चेतावनी दिँदै आउनुभएकाे छ । शुक्रबार मात्रै सभापति उहाँले मुख्यमन्त्री चौधरीले आफूसँग सरकार विस्तारबारे पछिल्लो समय कुनै सरसल्लाह नगरेको बताउनुभएकाे थियाे । मुख्यमन्त्री चौधरी र दाङबाट निर्वाचित स्वास्थ्यमन्त्री राजु खनालाई संस्थापन पक्षधर मानिन्छ । अर्कोतर्फ प्रदेश सभापति अमरसिंह पुन संस्थापन इतर समूहका मानिनुहुन्छ ।
कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे। सरकारलाई पूर्णता दिन यसअघि उहाँले पटक पटक गरेको प्रयास आन्तरिक विवादका कारण नै पूरा हुन सकिरहेको थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच