काठमाडौं । पिएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफ र कोशी प्रदेशले लगातार तेस्रो जित हात पारेका छन् । आइतबार मूलपानी मैदानमा एपिएफले तेस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ९० रनले हरायो ।
सुरुवाती ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा तीन विकेट गुमाएर १५१ रन बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले अविजित ७० रनको इनिङ्स खेल्नुभयो । उहाँले ५१ बलमा सात चौका र एक छक्काको मद्दतमा उक्त रन बनाउनुभएको हो । ओपनर ममता चौधरीले ५९ रनको योगदान दिनुभयो । कप्तान सीता राना मगर नौ रनमा आउट हुनुभएको थियो । लुम्बिनीका सरस्वती पुन र शर्मिला रोकाले समान एक-एक विकेट लिनुभयो ।
एपिएफले प्रस्तुत गरेको १५२ रनको लक्ष्यसहित मैदान छिरेको लुम्बिनीले नौ विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्यो । ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । एपिएफकी इन्दु बर्माले तीन ओभरमा दुई मेडन राख्दै सात रन खर्चिएर तीन विकेट झार्नुभयो । विनु बुढाले दुई तथा रेखा रावल र सीता राना मगरले एक-एक विकेट लिनुभयो । जितसँगै एपिएफ लगातार तेस्रो खेलमा जित निकाल्दै लिग तालिकाको शीर्षस्थानमा रहेको छ ।
यस्तै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ६० रनले हराउँदै लगातार तेस्रो जित हात पा¥यो । लगातार तेस्रो जितसँगै कोशीले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितका लागि १३० रनको विजयी लक्ष्य पछ्याएको मधेशले २० ओभरमा नौ विकेट गुमाउँदै ६९ रन बनायो । मधेशका लागि साना प्रविनले ४१ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाउनुभयो । आरती महतोले २० बलमा चार चौकासहित १८ रन बनाउनुभयो । मधेशका नौ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर पुजा महतो तीन, एलिसा यादव चार, सरस्वतीकुमारी चौधरी सात, अनुराधा चौधरी र प्रतिमा शाहले दुई-दुई रन बनाउनुभयो । कोशीका लागि तीव्र गतिकी बलर सबनम राईले चार ओभरमा एक मेडनसहित आठ रन खर्चेर दुई विकेट लिनुभयो । एलिसा खडियाले तीन ओभरमा सात रन खर्चेर दुई विकेट लिनुभयो । रुविना क्षेत्री र संगीता राईले एक-एक विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
कोशीको जितमा कप्तान रुविना क्षेत्रीले ६४ बलमा नौ चौकासहित ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । ओपनर काजोल श्रेष्ठलाई तीव्रगतिकी बलर पूजा महतोले पहिलो ओभरको तेस्रो बलमै शून्यमा एलबिडब्लु आउट गर्नुभएको थियो ।
दोस्रो विकेटका लागि काजोल र रुविनाले १०२ रनको शतकीय साझेदारी गर्नुभएको थियो । सरस्वती कुमारी चौधरी १९ औँ ओभरको चौथो बलमा ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा साक्षी यादवबाट क्याच आउट हुनुभयो । अप्सरीले ४१ बलमा सात चौकासहित ३९ रन जोड्नुभयो ।
सबनम राई आठ बलमा दुई चौकासहित १६, लखिता राजवंशी ६ र नमिता श्रेष्ठले दुई रन बनाउनुभयो । मधेशकी मिना महतोले तीन ओभरमा २७ रन खर्चेर दुई विकेट लिनुभयो । पूजा महतो र सरस्वती चौधरीले एक-एक विकेट लिनुभयो ।
कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमती प्रदेशलाई आठ विकेटले हराएको थियो । अब सोमबार कोशीले एपिएफसँग खेल्नेछ । मधेशको भने यो लगातार तेस्रो हार हो । मधेश बागमती प्रदेशसँग २८ र एपिएफसँग १० विकेटले पराजित भएको थियो । मधेशले सोमबार गण्डकीसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच