इस्लामावाद । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिहृन क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गर्नुभएको हो ।
निर्वाचन आयोगले आगामी फेब्रुवरी-८ मा हुने आमनिर्वाचनका लागि पीटीआईलाई चुनाब चिहृन ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ । पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुन अनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिहृनबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो ।
जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिहृन पुनः प्राप्त गर्न पीटीआईको निवेदन मंगलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ ।
निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट वञ्चित गर्ने उद्देश्यले गरिएको बताउनुभयो । उहाँले निर्वाचन आयोगको पछिल्लो आदेशको पछाडि षड्यन्त्र भएको पनि आरोप लगाउनुभएको छ ।
गोहरले भन्नुभयो, ‘अहिले राष्ट्रिय सभाका आरक्षित ७० सिट हामीसँग छन् । पाकिस्तानमा आरक्षित सिटको कुल संख्या २२७ रहेको छ । विधानसभाहरूमा उनीहरूको दलको शक्ति बराबर राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलले सिटहरू प्राप्त गर्दछन् ।
जियो न्यूजका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र सिनेटका अध्यक्षका लागि हुने निर्वाचनमा आरक्षित सिटमा निर्वाचित सांसदको महत्वपूर्ण भूमिका हुन्छ । ‘पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासपूर्ण रहेको र दिगोखालको नभएको देखिन्छ’, पत्रकारको प्रश्नमा गोहरले बताउनुभयो । उहाँले अदालतको उक्त आदेशलाई चुनौती दिँदै अदालत गएपछि पीटीआईले अपेक्षित राहत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
पेशाले वकिलसमेत रहेका गोहरले भन्नुभयो, ‘पीटीआईको चुनाव चिहृन पुनः स्थापित गरिनेछ । पीटीआई नेताहरू आफ्नो पार्टीले निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताउनुभयो । गोहरले पीटीआईले संविधानको धारा १८४ अन्तर्गत ईसीपीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने बताउनुभयो । ‘इमरान खान पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्’, उहाँले भन्नुभयो । उहाँले खानले सुम्पेको जिम्मेवारी मात्र पूरा गरिरहेको बताउनुभयो ।
गोहरले पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान जेलबाट बाहिर नआएसम्म आफ्नो वर्तमान भूमिकामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहने बताउनुभएको छ । गोहरले अन्यायपूर्ण निर्वाचनले देशमा अराजकता र अन्यौल निम्त्याउने चेतावनी दिनुभयो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच