पर्यटनमन्त्रीको दाबी : देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ ।

मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताउनु भयो । उहाँले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताउनु भयो । उहाँले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताउनु भयो । उहाँले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा इ टिकेटिङ लागू गरेका थियौँ । अहिले भर्खरै मात्रै तीन वटा जहाज खरिद प्रक्रियामा दुर्गम क्षेत्रमा उड्ने जहाजहरु खरिद प्रक्रियामा अघि बढीरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ । त्यसपछि ६ वटा जहाज हुनेछन् । हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन हुँदैछन् । चिनियाँ जहाज थन्किएर रहेको थियो, त्यसलाई राख्दा पनि इन्स्योरेन्स र पार्किङ शुल्क तिर्नुपर्ने भएकाले त्यसको लिलामी गर्न टेण्डर आह्वान गरेका छौँ । पशुपति क्षेत्रमा अहिले निःशुल्क दहन गर्नेगरी विद्युतीय मेसिन जडान गर्नेगरी अन्तिम चरणमा पु¥याएका छौँ । लुम्बिनी क्षेत्रको कुरा गर्ने हो भने हामीले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुगेका छौँ ।’

मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पु¥याएको बताउनु भयो । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?