काठमाडौं । हिमालय टाइम्सले आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ । विगत २८ वर्षदेखि निरन्तर अग्रणी मोर्चामा रहेर सूचना, समाचार तथा तत्थ्यपूर्ण विचार र विश्लेषण प्रस्तुत गर्दै आइरहेको यस राष्ट्रिय दैनिकले कार्यालय परिसरमै कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिद्वारा प्रकाशित यस दैनिकको वार्षिकोत्सव कार्यक्रममा महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाह, प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, कार्यकारी निर्देशक उज्ज्वल शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पत्रिकाका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले नेपालको छापा पत्रिकाले अनवरत रूपमा २८औँ वसन्त पूरा गर्नु सानो कुरा नभएको बताउँदै यसका सञ्चालक तथा कार्यकारी निर्देशक उज्ज्वल शर्मा लगायतलाई आभार व्यक्त गर्दै संस्थासँग आबद्ध सम्पूर्ण पूर्व तथा वर्तमान कर्मचारीप्रति शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिमालय टाइम्सले निरंकुशताविरुद्ध र लोकतान्त्रिक आन्दोलनका पक्षमा सधैँ आवाज उठाएको इतिहास भएको बताउँदै अब पनि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निगरानी गर्न कत्ति पनि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रिकाले कार्यालयका कर्मचारीबीच रहेर कार्यक्रम मनाएको हो । संस्थाका सिइओ सत्यम शर्मा सापकोटाले सबैको साथ सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । समारोहमा पत्रिका, अनलाइन, युट्युब र प्रेससँग आबद्ध सञ्चारकर्मीलगायत कर्मचारीको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच