
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।
बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामको समीक्षा, आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
२९ मंसिरमा बसेको कार्यसम्पादन समिति बैठकले १० पुसभित्र प्रदेशलाई नाम पठाउन निर्देशन दिएको थियो । तर, धेरै आकांक्षी र विवादको सम्भावनाका कारण प्रदेशले सबै आकांक्षीको सूची केन्द्रमा पठाएका छन् ।
कांग्रेस विधानको धारा ३२ को उपधारा ९ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने क्षेत्रका एक सिटका प्रदेशले सहमति या बहुमतबाट तीनजनाको नाम निर्णय गरी केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । यसरी आएका नामबाट केन्द्रीय संसदीय समितिले टुंगो लगाउनुपर्ने र केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसले हालसम्म संसदीय समिति गठन गरेको छैन ।
यसअघिका तीनै तहको निर्वाचनमा पनि सभापति देउवाले संसदीय बोर्ड गठनमा कुनै चासो दिएका थिएनन् । कांग्रेसको शेखर–गगन समूहले भने नयाँलाई अवसर दिनुपर्ने, उम्मेदवार छनोटमा मापदण्ड बनाउन र बोर्ड गठनका लागि दबाब दिने तयारी गरेको छ ।
उम्मेदवारको टुंगो भने केन्द्रीय समिति बैठक सकिएसँगै लगाउने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच