कस्ता पुरुष प्रति आकर्षित हुन्छन् युवती ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सामान्यतया युवा उमेर समूहका युवा युवती एक अर्कासँग आकर्षण हुन्छन् । केही व्यक्तित्व हेरेर, केही स्वभाव, अध्ययन आदी हेरेर आकर्षण हुने गर्छन् ।  तर एक अध्ययनका अनुसार हाँसो ठट्टा गर्ने युवासँग युवती बढी आकर्षित हुने गरेका छन् ।

अधिकांश युवक अथवा पुरुषको मनमा कस्तो पुरुषप्रति युवती बढी आकर्षित होलिन् भन्ने चासाे रहेको हुनसक्छ । युवती मात्र होइन सबैका नजरमा आकर्षक हुन आजकालका युवकहरु आफूलाई बलिष्ठ तथा सुन्दर राख्न अनेक उपाय गर्ने गर्दछन् ।

नारी र पुरुष एक रथका दुई पाग्रा हुन् । दुवै एकअर्काप्रति आकर्षण हुन अनेक तौलतरिका अपनाउँछन् । सायद त्यसैले होला यि दुई विपरितलिंगबिच एकअर्काप्रति आर्कषण हुन्छन् ।

यहाँ हामीले अझ त्यसमा युवतीहरु कस्ता पुरुषहरु प्रति आकृषित हुन्छन् भन्ने कुराले विशेष महत्व दिन खोजेका छौं ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको इन्स्टिच्युट फर पोजेटिभ साइक्लोजी एन्ड एजुकेसनद्वारा गरिएको अनुसन्धान अनुसार, सहानुभूतिशील युवकहरूप्रति युवतीहरू बढी आकर्षित हुने देखाएको छ ।

अध्ययन अनुसार, हाँसो–ठट्टा गर्ने मानिसहरुको अवलोकन गर्ने क्षमता राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुले आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै नै ध्यान दिन्छन् र उनीहरुबारे राम्रो सँग बुझ्छन् । यसकारण उनिहरु प्रति कुनैपनि युवतीहरु सहजै आकर्षित हुन्छन् ।

हुन त लामो सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक्स र व्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने गर्दछ ।

त्यस्तै कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको बढी  चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकांश महिलालाई अत्याधिक अग्ला वा होँचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।

युवतीहरुले आँफुहरु जस्तै कामल स्वभाव भएको, आफ्नो क्ययर गर्ने, गाह्रो पर्दा सहानुभूतिपूर्ण प्रकट गर्ने युवकहरुप्रति छिटो आर्कषित हुन्छन् । जर्नल अफ पर्सनालिटीमा प्रकाशित यो अध्ययन यो औसत १५.७ वर्ष उमेर भएका १० कक्षाका १ हजार ९ सय ७० विद्यार्थीमा गरिएको थियो ।यसमा सहानुभूतिपूर्वक व्यवहार गर्ने युवकहरूप्रति १.८ प्रतिशत बढी युवती आकर्षित भए ।

अध्ययन परिणामले देखाए अनुसार, युवतीले ती युवकहरूप्रति झुकाव रहेको बताए जो सहानुभूति देखाउने खालका थिए ।

-पत्रपत्रिकाको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?