काठमाडौं । महावीर क्लब प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटको च्याम्पियन बनेको छ । ग्रेट हिमालयन क्रिकेट क्लबमाथि १३७ रनको फराकिलो जित निकाल्दै महावीर क्लब च्याम्पियन बनेको हो । मूलपानी क्रिकेट मैदान (तल्लो) मा भएको खेलमा महावीरले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन ३२ ओभरमा १४७ रनमै समेटियो । ग्रेट हिमालयनका लागि कप्तान इशान पाण्डेले ६६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गर्नुभयो । यसैगरी सुविन हाडाले ३० र दीपक केवतले १९ रन बनाउनुभयो ।
महावीरका लागि हिमाल चन्द, सार्थक धिताल र योगेश पाठकले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महावीरले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पारेको थियो । महावीरका लागि विभत्सु थापाले १२२ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गर्नुभयो । यसैगरी सार्थक धितालले ४०, राकेशकुमार कर्णले ३८, रविन जोशीले २७, योगेश पाठकले अविजित २५, ज्योति भण्डारीले अविजित १५ र उथन्त लामाले १३ रन बनाउनुभयो ।
विभत्सुले दोस्रो विकेटका लागि राकेशसँग ६४ रनको साझेदारी गर्नुभयो । ग्रेट हिमालयनका लागि इशान पाण्डे र दर्शिल विष्टले समान दुई तथा किरण बुढा मगर र देवानन्द पासवानले समान एक विकेट लिनुभयो ।
महावीरका विभत्सु थापा ‘प्लेयर अफ द फाइनल’ हुनुभयो । ग्रेट हिमालयनका इशान पाण्डे प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिनुभयो । क्रिकेट एक्सिलेन्सका मनोज यादव उत्कृष्ट बलर, न्यु भिजनका हरि चौहान उत्कृष्ट ब्याटर घोषित हुनुभयो । प्रतियोगितामा १२ टोली सहभागी थिए । जसमा चार समूहका शीर्ष टोली सेमिफाइनल पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच