बालकुमारी घटनाको बिरोधमा उत्रिएका युवाहरु पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माईतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?