काठमाडौं । घोराही सिमेन्ट्स इण्डष्ट्री लिमिटेडले सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रतिकूलताका बाबजुद आर्थिक २०७९/०८० मा छ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिनुभयो ।
२०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) दुई करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको अधिकृत पुँजी छ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजीमा चार अर्ब ५३ करोड रुपैयाँ पुग्ने बताइएको छ । साथै सञ्चालक समितिको रिक्त पदमा अञ्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच