काठमाडौं । निजी क्षेत्रको चौतर्फी विरोधबीच पनि नेपाल विद्युत् प्राधिकरणले थप उद्योगको विद्युत् लाइन काटेको छ । शुक्रबार राती ९ बजेपछि प्राधिकरणले थप उद्योगको लाइन काटेको हो । शुक्रबार दिउँसो उद्योगीहरूले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । प्राधिकरणका अनुसार शुक्रबार राती डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ उद्योगहरूको विद्युत् आपूर्ति बिच्छेद गरेको हो ।
प्राधिकरणले शुक्रबार पाँच करोडभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगको लाइन काटेको छ । पहिलो चरणमा एक अर्बभन्दा बढी बक्यौता रहेका चार उद्योग र त्यसपछि पाँच गरी नौवटा उद्योगको लाइन काटेकोमा शुक्रबार काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ ग्राहकको लाइन काटिएका छन् । शुक्रबार बाबा जुट मिल पाँच करोड ६१ लाख, निगाले सिमेन्ट १४ करोड २१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज १५ करोड ६६ लाख, हिमाल आइरन एण्ड स्टिल आठ करोड १३ लाख, जगदम्बा इन्टरप्राइजेज ४७ करोड ९८ लाख, हामा आइरन ११ करोड ५५ लाख, एभरेष्ट पेपर मिल २१ करोड ३६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले लाइन काटिएको छ ।
त्यस्तै, कसमस सिमेन्ट ३५ करोड ८२ लाख, शुभश्री अग्नि सिमेन्ट ३८ करोड १० लाख, जगदम्बा सिन्थेटिक ४७ करोड ५३ लाख, घराना फुड्स पाँच करोड नौ लाख, सिद्धार्थ पेटप्लास्ट पाँच करोड २४ लाख, बुटवल सिमेन्ट ३२ करोड ९८ लाख र नारायणी स्पात ७८ करोड ४९ लाख रुपैयाँको लाइन काटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच