
चरण प्रसाई
प्रा.डा.यज्ञप्रसाद अधिकारीको नाम धेरैले नसुनेको हुनसक्छ । त्यो स्वाभाविक हो किनभने उनले अवसर प्राप्त गर्दा पनि चर्चा बटुल्ने क्षेत्र रोजेनन् । विद्यार्थी कालदेखि राजनीतिमा लागे पनि राजनीतिक पहिचान बनाउँने सार्वजनिक पद खोजेनन् । आफ्नो बौद्धिकता तथा प्राज्ञिक अनुभवबाट समाज तथा राष्ट्रलाई भलो हुँने बाटो रोजे । जेल-नेल सहे तर निरंकुशता अघि घुँडा टेकेनन् । लोकतन्त्रप्रतिको आफ्नो दृढ विश्वासमा आँच आउँन दिएनन् । यसको सुदृढीकरण र स्थायित्व हासिल गर्ने अठोट लिए । निष्ठा तथा इमान्दारीताको जीवन चुने । असल नागरिक बनेर जीवन बिताउँने सोचे ।
यज्ञप्रसाद अधिकारीको अर्को पहिचान हो-जुझारूपना । उनको यो छवि विद्यार्थीकालदेखि नै स्थापित भएको हो । तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसं) का एक निडर नेता बने । निरंकुश एवं एकतन्त्रीय पञ्चायत कालमा पनि प्रजातान्त्रिक आन्दोलनमा खुला रूपमा लागे । डर-त्रास नबोकी अघि बढे । जीवनलाई दाउमा राखेर संघर्षमा उत्रिए । किनभने नागरिकका आधारभूत अधिकार प्रजातन्त्रबाट मात्र प्राप्त हुन्छ भन्नेमा उनी विश्वस्त थिए ।
२०३३ सालमा स्वदेश फर्कनुअघि जननेता बीपी कोइरालाले राष्ट्रको नाममा गरेको राष्ट्रिय मेलमिलापको अपिलको पर्चा जोखिम मोलेर यज्ञले बाँडे । उनी गिरफ्तारीमा परे र नौ महिना जेल जीवन बिताए । २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनको तयारीका क्रममा पनि पक्राउमा परी कारागार चलान भए ।
यसै सन्दर्भमा २०३३ सालमा स्वदेश फर्कनुअघि जननेता बीपी कोइरालाले राष्ट्रको नाममा गरेको राष्ट्रिय मेलमिलापको अपिलको पर्चा जोखिम मोलेर बाँडे । त्यस क्रममा उनी गिरफ्तारीमा परे र नौ महिना जेल जीवन बिताए । त्यसैगरी २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनको तयारीका क्रममा पक्राउमा परी कारागार चलान भए । उनलाई थाहा थियो-यी कुनै पनि घटनामा उनलाई मृत्युदण्ड समेत हुनसक्ने थियो । तर, तत्कालीन निरंकुश शासकसँग अधिकारीले सम्झौता गरेनन् र झुकेनन् पनि । जब कि पञ्चायती शासनमा मृत्युदण्डको व्यवस्था थियो । प्रजातन्त्रको पुनर्बहाली र २०४७ सालको संविधान जारी भएदेखि मात्र यसको उन्मूलन भएको हो ।
विभिन्न प्राज्ञिक संस्थाहरू मध्ये प्रा.डा.अधिकारीको नाम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग पनि जोडिएको छ । उनी त्यस संस्थाको कार्यकारी निर्देशकको अभिभारा लिएर आफ्नो प्राज्ञिक ज्ञान तथा दक्षता स्थानीय सरकारको सुदृढीकरणमा लगाउने सोच बनाए । स्थानीय सरकार सबल र सक्षम भएमात्र लोकतन्त्रको जग बलियो हुने उनको विश्वास हो । मेरो चिनजान यही क्रममा उनीसँग भएको हो । जब म यस संस्थाको विश्वसनीयता एवं क्षमता अभिवृद्धिका लागि डेनिस साहयोगअन्तर्गत एक परामर्शदाता थिएँ ।
स्मरण रहोस् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान पञ्चायत कालमा पञ्चायत विकास प्रशिक्षण केन्द्र भनेर चिनिन्थ्यो । त्यसको उद्देश्य पञ्चायती व्यवस्थालाई सुदृढ पार्ने एक सरकारी निकाय थियो । तत्कालीन स्थानीय विकास मन्त्रालयको आदेशमा चल्ने गरेको थियो । यसका कर्मचारी पञ्चायती व्यवस्थाका समर्थक मानिन्थे तर वास्तविक स्थिति फरक पनि थियो । त्यहाँका सबै कर्मचारी पञ्चायतबाट प्रेरित थिएनन् । कतिपय तत्कालीन राजनीतिक व्यवस्थाभन्दा व्यावसायिकतामा विश्वास राख्थे । अलग राजनीतिक विचार बोकेका समेतले परिवारिक जिम्मेवारीका लागि त्यसमा जागिर खाएका थिए ।
महिलाहरूको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धिमा यस संस्थाअन्तर्गतको महिला विकास प्रशिक्षण केन्दले मुलुकभर महिला-चेतनाको एक नयाँ लहर फैलाएको उदाहरण छ । राजनीतिक रंग नदिई असल काम हुनसक्छ भन्ने उदाहरण बनेकी थिइन यसको नेतृत्वमा रहेकी तत्कालीन उपसचिब चाँदनी जोशी । उनको यो अनुभव संयुक्त राष्ट्र संघमार्फत दक्षिण एसियालगायत विश्वमञ्चमा पु¥याउँन सफल भइन् । उनको कुशलताले युवाहरूको अन्तर्राष्ट्रिय संस्था नेपाल जेसिजले प्रशिक्षण क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल भएको हो ।
सन् १९८३ मा उपसचिब भएकै बेला उनी नेपाल जेसिजकी राष्ट्रिय अध्यक्षमा निर्वाचित भइन् । त्यसबेला सामजिक सेवा राष्ट्रिय समन्वय परिषदकी अध्यक्ष शक्तिशाली बडामाहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहा थिइन् । पञ्चायतको पृष्टपोषक परिषद्को सदस्यताबारे जेसिजमा ठूलो विवाद थियो । चाँदनी अध्यक्ष भएपछि ऐश्वर्यले जेसिजलाई परिषदमा दर्ता गराउन सजिलो हुने आँकलन गरेकी थिइन् । सबै बोर्डका सदस्यसहित उनलाई दरबारमा बोलावट भयो । जेसिजलाई परिषद्मा दर्ता गर्न दबाब दिइन् । तर, चाँदनीले नम्रतका साथ ‘जीउ–धन सरकारको’ भनेर जेसिज परिषद्को हिस्सा हुन नसक्ने तर्क राखिन, रानीसँगको आम्नेसाम्ने छलफलमा । यस अडानबाट आफ्नो जागिर तथा परिवारिमा हुनसक्ने जोखिम मोल्न तयार भइन् तर सिद्धान्तमा सम्झौता गरिनन् उनले ।
२०४६ मा प्रजातन्त्र पुनर्वाहालीपछि प्रशिक्षण केन्द्रलाई स्वयात्त संस्था बनाउने कृष्णप्रसाद भट्टराई सरकारले निर्णय ग¥यो । यसको पहिलो कार्यकारी निर्देशक मधुनिधि तिवारी बने । उनको ‘डिजाइन’ मा संगठनिक ढाचा र प्रतिष्ठानको क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाए । प्रजातान्त्रिक प्रणालीको चेतना स्थानीय तहसम्म पुर्याउन स्थानीय निकायको प्रथम चुनावपछि तिवारी जुटे । निदरल्याण्डको स्थानीय तहको छाता संगठन ‘नालाड्’ले ‘कृयाशील स्थानीय प्रजातन्त्र’ (फङ्सनिकलोकल डिमोक्रेसी) कार्यक्रमअन्तर्गत सहयोग गर्यो । यसलाई मूर्तरूप दिन नेपालीका तर्फबाट नारायण खड्का, विनोदकुमार भट्टराई, श्याम भुर्तेल, श्रीहरि अर्याल, शान्त खड्का, गेहेन्द्र मल्लको विशेष योगदान थियो ।
यस कार्यक्रमअन्तर्गत बाहृय अल्पकालीन प्रशिक्षक समेतका सहकार्यमा काभ्रेलगायत पाँच जिल्लामा ‘पाइलट प्रोजेक्ट’ अघि बढ्यो र सफल भयो पनि । काभ्रे जिल्लाको एक टिममा म (बाहिरबाट), माधवप्रसाद शर्मा र विमला अमात्य थियौं । २०४६ को आन्दोलनसँगै मेरो झापाको बसाइका बेला तत्कालीन झापा केन्द्रका प्रमुख बालचन्द्र अर्यालले बाहृय प्रशिक्षकमा मेरो नाम सिफारिश गरेर यसको एक हिस्सा बन्न अवसर दिए । यस अभ्यासबाट नयाँ तथा खुला राजनीतिक परिवेशमा त्यहाँका प्रशिक्षकहरूको आत्माविश्वास बढायो । पछिल्ला चरणमा यस प्रतिष्ठानको क्षमता अभिवृद्धिमा स्थायी प्रशिक्षक उद्धवप्रसाद कोइरालाको भूमिका उल्लेखनीय रहृयोे । सिन्धुलीमा कांग्रेस भएबाट उनका परिवारका एक सदस्य वशिष्ट कोइरालालाई माओवादीले अपहरण गरी हत्या गरेका थिए ।
उमासँगको दाम्पत्य जीवन असफल भएपछि प्रा.अधिकारी भुवन थपलियासँग विवाह बन्धनमा बाँधिए । भुवनको आगमनबाट उनले नयाँ जीवन पाएको अनुभूति गरेका छन् । उनको जीवनमा भुवन नभएकी भए २०७५ सालदेखि ‘ब्रेन स्ट्रोक’ समेतबाट अचेत अवस्थामा लामो समय थलिएपछि सायद बिउँतने थिएनन् होला ।
‘स्थानीय सरकार’ को अवधारणा यिनै अभ्यासको परिणाम मानिन्छ । यसलाई अघि बढाउने कार्यमा प्रमुख भूमिकामा स्थानीय तहको राजनीतिक बृत्तमा ‘डेनिडाका नेता’बाट (डेनमार्क सहयोग) चिनिएका डा.हिक्मत बिष्टको विशेष भूमिका रहेको मानिन्छ । कृष्णलाल सापकोटा, कृष्णप्रसाद सापकोटा, ऋषिराज लुमसाली, नारायण कोइराला, डोरमणि पौडेल, माधव पौडेल, राजेन्द्र पाण्डेसमेतले यस अवधारणालाई राजनीतिक अभियान बनाए । स्थानी यतहका छाता संगठन गाउँ विकास महासंघ, जिल्ला विकास महासंघ र नगर पालिका महासंघको यिनैका प्रयासमा गठन भयो । स्थानीय सरकारको अवधाराणालाई संस्थागत गर्नमा डा.अधिकारीको पनि योगदान थियो । यसलाई राजनीतिक अधिकारका साथै वित्तीय स्वयत्तता पनि प्रदान गर्नुपर्छ भनेर वकालत गर्ने व्यक्तिमध्ये एक थिए उनी ।
राजनीतिक तथा प्रज्ञिक क्षेत्रमा विशेष योगदान पुर्याए पनि पहिलो वैवाहिक सम्बन्ध भने डा.अधिकारीको सुखद् रहेन । राजनीतिक सहयात्री उमा रेग्मीसँग विवाह भयो तर लामो समयसम्म टिकेन । महिला अधिकारवादी राजनीतिक नेतृका रूपमा स्थापित भएकी पात्र हुन् उमा । चितवनलगायत विभिन्न जिल्लामा महिलाहरूको आर्थिक तथा समाजिक विकासमा उनको उल्लेखनीय योगदान छ । महिला हक–अधिकारका लागि सडक र सदन दुवै तताइन् । कहिलेकाँही भावनामा बग्ने नेतृ पनि हुन् उनी ।
हाम्रो मुलुकमा २०४७ को संविधानदेखि ‘मृत्युदण्ड’ उन्मूलन भएको छ तर सदनमा ‘बलत्कारीलाई फाँसी दिनुपर्छ’ भन्ने माग उनले राखिन् । जबकी ‘मृत्युदण्ड’ शब्द मानव अधिकारको शब्दकोषमा हुँदैन । प्रा.अधिकारीले राजनीतिक यात्रामा विश्राम लिए पनि उमाको यात्रा भने अझै जारी छ, नेपाली कांग्रेसकी नेतृका रूपमा । संविधान सभासद, प्रतिनिधिसभा सदस्य र सचेतक हुँदै ज्येष्ठ नागरिक, बालबालिका तथा महिलामन्त्री समेतको कार्यभार उनले सम्हालिसकेकी छन् ।
उमासँगको दाम्पत्य जीवन असफल भएपछि प्रा.अधिकारी भुवन थपलियासँग विवाह बन्धनमा बाँधिए । भुवनको आगमनबाट उनले नयाँ जीवन पाएको अनुभूति गरेका छन् । नवजीवनदाताका रूपमा भुवन रहेको उनी मान्दछन् । उनको जीवनमा भुवन नभएकी भए २०७५ सालदेखि ‘ब्रेन स्ट्रोक’ समेतबाट अचेत अवस्थामा लामो समय थलिएपछि सायद बिउँतने थिएनन् होला । अझ पनि स्पष्ट बोल्न र हिँड्डुल गर्न नसक्ने स्थितिमा भए पनि प्रा.अधिकारी मुलुकको राजनीतिक बेथितिप्रति चिन्ता लिन्छन् । अचेत अवस्थाबाट बिउँतिदा उनको पहिलो वाक्य थियो-शेरबहादुरले राम्रो गरेनन् ।
किनभने, नेपालमा लोकतन्त्रको भविष्य कांग्रेसको गतिविधिसँग गाँसिएको उनको विश्वास छ । लोकतन्त्रको स्थायीत्व र विश्वस्नीयता निर्माण गर्न कांग्रेस चुकेकोमा उनको मन कुँडिएको छ । यो व्यवस्था उत्कृष्ट हो भनी फलाकेरमात्र पुग्दैन, व्यवहारमा अब्बल देखनुपर्ने मान्यता राख्छन् तर त्यसो भएको छैन । जनतामा लोकतन्त्रप्रतिको भरोसा टुट्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले गठबन्धन नगरी राजनीति नचल्ने अडानमा पार्टीका मूल्य-मान्यता भुलेको छ । लोकतान्त्रिक समाजवाद विचारका पक्षपाती अधिकारी यसप्रति दुखित छन् । तथापि लोकतन्त्रको विकल्प ‘सबल लोकतन्त्र’ हुनेमा उनी विश्वास राख्छन् । cprasai@gmail.com
मानिस जोकसैमा पनि त्रुटि हुन सक्दछ ? तर, त्यो अस्वभाविक होइन, किनकी, हामीले पूजा गर्ने गरेका पुरुषोत्तम पनि 100% थिएनन् । समग्रमा भन्नु पर्दा डा. यज्ञ प्रसाद अधिकारी नेपाली कांग्रेसको राजनीतिमा वादलले ढाकिएका चन्द्र हुन भने शैक्षिक जगतका एक उज्वल हस्ति !…कल्पना गर्दा भन्न सकिन्छ कि जलाश्रय बाट फर्किएका अनि आफ्नै पार्टी बाट बिर्सिएका एक राजनीतिक टुहुरा पनि ? नेपाल आमाका यी वीर सपुतको स्वर्णिम ईतिहास सदा सर्वदा बनि रहोस् कामना गर्दछु । ज्यादा के भनौं ईन्द्रको अगाडि स्वर्गको बयान अशोभनीय पनि बन्न सक्दछ ?
जय नेपाल 