संघीय नेपालको नेपालको संविधान २०७२ अनुसार स्थानीय तहले खास गरी नगर प्रहरी सञ्चालन, सहकारी संस्था सञ्चालन, स्थानीय कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन, स्थानीय सेवाको संकलन एवं, स्थानीय सेवाको संकलन, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन गर्ने जस्ता कार्य गर्दछ । स्थानीय तहको क्षेत्राधिकार पर्याप्त भए पनि कार्यान्वयन पक्ष व्यवस्थित हुन सकेको छैन । जब जनतासँग जोडिने कुराहरूमा पारदर्शी, स्पष्टता र जवाफदेही नभएसम्म त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन् । अबको समयमा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा डिजिटलाइजेशन आवश्यक छ तर डिजिटलाइजेसन कसरी गर्ने भन्ने योजना न त स्थानीय सरकारसँग छ न त कर्मचारी तन्त्रसँग छ ।
तथ्यांक संकलक छापा वा विद्युतीय माध्यमबाट गर्ने गरिन्छ । प्रश्नावली वा कागजात संकलनमार्फत् गर्ने गरिन्छ । यदि तथ्यांक संकलनमा कुनै पनि विवरण छुट्न गएमा त्यसले डिजिटलाइजेसनमा सोझै प्रभाव पार्ने गर्दछ । तथ्यांक संकलनमार्फत विस्तृत विवरणको संकलन गरेपश्चात त्यसलाई अभिलेखीकरण गर्ने गरिछ ।
महत्वपूर्ण सवाल भनेको स्थानीय तहका राखिएको अभिलेखलाई व्यवस्थित नहुँदासम्म त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने भएको कारण तथ्यांक संकलन र त्यसको प्रभावकारी व्यवस्थापनको हो । तर नेपालमा जहिले पनि टप टु बटम शैलीमा कार्यक्रम तय हुनेगर्दछन् । जब केन्द्रबाट कार्यक्रम प्रदेश हुँदै स्थानीय तहमा पुग्दछ तब त्यसले प्रभावकारिता ल्याउन नसक्ने कुरा हाम्रो इतिहासले देखाइसकेको छ । कोठाभित्र बसेर तय गरिने कार्यक्रमले जनताको समस्या बुझन सक्दैन् । इतिहासका घटनाक्रमलाई हेर्ने हो भने विभिन्न कार्यक्रम तयार हुन्छन् । बजेट निकाशा हुन्छ । काम गरेजस्तो देखाइन्छ तर कार्यन्वयन पक्ष थितलो भए पनि योजनाहरू असफल हुन्छ । व्यवस्थापनका कार्यक्रमहरू किन असफल भए भन्नेतर्फ राज्यको ध्यान नै पुग्न सकेको छैन् । स्थायीय तहलाई कसरी डिजिटल बनाउने भन्ने खाका तयार नहुँदासम्म त्यसको लागि बन्ने कार्यक्रमले खासै अर्थ राख्दैन् ।
म आफैं पनि अनुसन्धानको विद्यार्थी भएकाले जबसम्म अनुुन्धान प्रभावकारी रूपमा गरिँदैन । तथ्यांक संकलन प्रभावकारी हुँदैन तबसम्म जति नै कार्यक्रम आए पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन सक्दैन् । डिजिटलाइजेसनका केही चरण छन् । सबैभन्दा पहिलो चरण भनेको अवलोकन हो किनभने कुनै ठाउँका के छ भन्ने कुरा नै थाह नभएसम्म त्यो क्षेत्रलाई बुझ्न सकिँदैन् । त्यसैगरी दोस्रो चरण भनेको क्षेत्रलाई कोडिङ गर्ने गरिन्छ । अर्थात् कुन क्षेत्रमा कति घरधुरी छ, कति संस्था वा निकाय छन्, कति कार्यालय छन्, त्यसको अभिलेख तयार गर्ने गरिन्छ । तेस्रो चरण भनेको तथ्यांक संकलनको चरण हो ।
तथ्यांक संकलक छापा वा विद्युतीय माध्यमबाट गर्ने गरिन्छ । प्रश्नावली वा कागजात संकलनमार्फत् गर्ने गरिन्छ । यदि तथ्यांक संकलनमा कुनै पनि विवरण छुट्न गएमा त्यसले डिजिटलाइजेसनमा सोझै प्रभाव पार्ने गर्दछ । तथ्यांक संकलनमार्फत विस्तृत विवरणको संकलन गरेपश्चात त्यसलाई अभिलेखीकरण गर्ने गरिछ । अभिलेखीकरण गर्दा चुस्त दुरुस्त अभिलेख भएन भने त्यसले प्रभावकारिता ल्याउँन सक्दैन । अभिलेख तयार भएपछि त्यसबाट पाश्र्वचित्र, वृतचित्र, अल्पकालीन तथा दीर्घकालीन योजना फरक कुरा हो भने भने डिजिटलाइजेसनको कुरा फरक कुरा हो ।
आजभोलि प्रविधिको अत्यधिक प्रयोगसँगै सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगसमेत बढ्न थालेको छ । विभिन्न माध्यमको प्रयोग तथा प्रलोभनमा पनि नागरिकको सूचना बाहिर जाने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिले नागरिकको सुरक्षामा प्रश्न चिहृन खडा भएको छ ।
त्यसलाई निश्चित कोडमा बदली कोडमार्फत सेवा प्रवाह गर्ने प्रणाली नै डिजिटलाइजेसन हो । अनलाइन प्रणाली र डिजिटलाइजेपन उस्तै देखिए तापनि यो अत्यन्तै फरक कुरा हो । डिजिटलाइजेसनको एउटा अंश अनलाइन प्रणाली हो । कोडिङमार्फत अभिलेख व्यवस्थापन गरेपश्चात कागजातको सुरक्षा र गोपनीयतामा जटिल प्रश्न खडा हुने गर्दछ । त्यसका लागि उच्च प्रविधिको प्रयोग गर्नु आवश्यक देखिन्छ । अर्कोतर्फ समाजमा अहिले पनि भ्रम के छ भने पेपरलेस हुनु नै डिजिटलाइजेसन हुनु हो भन्ने गरिन्छ तर वास्तविकता त्यस्तो होइन । पेपरलेस त केवल डिजिटलाइजेसनको एउटा अंशमात्रै हो । जनताले बुझ्ने भाषामा राज्य जनताप्रति विद्युतीय रूपमा जवाफदेही बन्ने कुरा नै विद्युतीय अभिलेखीकरण अर्थात् डिजिटलाइजेसन हो ।
डिजिटलाइजेशन भएपछि एउटा नयाँ सिष्टम तयार हुन्छ । पहिलो पक्ष भनेको कुनै पनि सेवा प्रवाह गर्दा कागजात बोक्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भने राज्यको नेतृत्व तह सोझै जनतासँग जोडिन सक्छ । यसले एकातिर भ्रष्टाचारलाई नियन्त्रण गर्न सहयोग पुग्दछ भने अर्कोतिर त्यसले पारदर्शिता ल्याउने गर्दछ । विस्तृत तथ्यांकसहितको विद्युतीय अभिलेखिकरण अत्यन्तै झण्झटिलो कार्य भए तापनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भनेमात्र यो सबैभन्दा सजिलो माध्मम बन्न जान्छ ।
आजको विज्ञान र प्रविधिको युगमा अभिलेख व्यवस्थापन गर्न विभिन्न माध्यम (अनलाइन, कम्प्युटर, रजिष्टर, बेवसाइट, एप तथा प्रणालीहरू, कोड सिष्टम) उपलब्ध छन् । जसको उचित प्रयोगले नै संसार आज एक सानो गाउँमा रूपान्तरण भएको छ र यो अब एउटा घरमा रूपान्तरण गर्ने बेला आएको छ । एउटा निश्चित अंकमा अभिलेख राख्ने प्रणाली जसले हरेक व्यक्तिको जीवनकालमा एक पटकमात्र सर्भे गरी अभिलेख राख्ने गर्दछ रसोही कोडको माध्यमद्वारा सेवा प्रवाह गर्ने गरिन्छ । यो अत्यन्तै उच्चतम प्रविधि हो । जुन कोड सम्बन्धित व्यक्तिको फिंगर प्रिन्ट र रेटिनास्यानले मात्र खोल्न सक्ने व्यवस्था हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच