पोखरेलको निधनप्रति आयोगद्वारा शोक व्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आयोगका पूर्वसदस्य गोकुल पोखरेलको सोमबार असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पोखरेलप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

आयोगले स्व पोखरेलको सम्मान र सम्झनामा आयोगमा पोखरेलको तस्बिरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको छ । स्व पोखरेलले २०६२ जेठ १३ देखि २०६३ असार २५ गतेसम्म आयोगका सदस्यका रुपमा काम गर्नुभएको थियो । उहाँको यही पुस १६ गते काठमाडौँमा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?