आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिनुभएको छ ।

यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?