
काठमाडौं । बागमती प्रदेश छनोटको पहिलो दिन ललितपुर र चितवनले विजयी सुरुवात गरेका छन् । ललितपुरले काठमाडौंलाई ४ विकेटले हरायो । जितको लागि २४० रनको विजयी लक्ष्य पछ्याएको ललितपुरले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरको जितमा दुर्गेश थापा क्षेत्रीले ७४ बलमा १० चौकासहित ७१ रन बनाउनुभयो । त्यस्तै नेपालको यू-१९ टोलीबाट खेली सकेका विवेक रानामगरले सर्वाधिक ६९ बलमा ९ चौका र ५ छक्कासहित ८६ रनको योगदान दिनुभयो ।
काठमाडौंका शरद भेषावकरले ८ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिनुभयो । प्रतिश जिसीले ६.५ ओभरमा ५१ रन खर्चेर २ विकेट लिनुभयो । ईशान पाण्डे र सोनु देवकोटाले १-१ विकेट लिनुभयो ।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं ४० ओभरमा २३९ रनमा अल आउट भएको थियो । काठमाडौंका ईशान पाण्डेले ११६ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९२ रन बनाउनु भए पनि जितको लागि पर्याप्त हुन सकेन । रोविन जोशीले ५८ बलमा ५ चौका र १ छक्कासहित ५९, रित गौतम शून्य, हरि चौहान १६, प्रतिश जिसी ८, शरद भेषावकर १५ र सोनु देवकोटाले १५ रन बनाउनुभयो ।
ललितपुरका आदिल खान र पंकज पाण्डेले समान तीन विकेट लिनुभयो । बागमती छनोटको अर्को खेलमा चितवनले नुवाकोटलाई ७१ रनले हरायो । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट १५.१ ओभरमा ६१ रनमा अल आउट भयो । नुवाकोटका अशोक पौडेलले १५ र अनुभव खनालले १७ रन बनाउँदा अन्य कुनैले पनि राम्रो गर्न सक्नुभएन । चितवनका कृर्जन गुरुङ र डानिश इकबालले ४-४ विकेट लिनुभयो ।
त्यसअघि गौतम बुद्ध रंगशाला भरतपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन ३०.२ ओभरमा १३२ रनमा अल आउट भयो । चितवनका रोशन झाले ३१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाउनुभयो । प्रतिक श्रेष्ठले २२ रन बनाउँदा अन्यले राम्रो गर्न सक्नुभएन । नुवाकोटका सुशिल साउदले ६.२ ओभरमा २८ रन खर्चेर सर्वाधिक पाँच विकेट लिनुभयो । अभिषेक कोइराला र अभियान बस्नेतले २-२ विकेट लिनुभयो ।
उता, सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा बझाङलाई १८१ रनले पराजित गरेको बैतडीले दोस्रो जित दर्ता गर्ने क्रममा मंगलबार अछाममाथि ९८ रनको विशाल जित दर्ता गर्यो । निर्धारित ५० ओभरको खेल रहेकोमा बिहान हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । जितका लागि पाएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा अछाम २८.५ ओभरमा ११५ रनमा अलआउट भयो । उसका महाजन कुँवरले सर्वाधिक २४ रन हिर्काउनुभयो । बैतडीका लागि गजेन्द्र बोहराले ३, भुपेन्द्र चन्द, रिसिकेश बोहरा, वसन्त खत्रीले २ विकेट लिनुभयो ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३८.५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै ५२ रनको योगदान गर्नुभयो । यस्तै खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२, रिसिकेश बोहराले १६ रन बनाउनुभयो । अछामका रोहित खड्का र अभिषेक चौधरीले समान ३ विकेट झार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच