
दश वर्षे सशस्त्र युद्धताका सुस्ताएको महोत्सव २०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि बिस्तारै लयमा फर्कियो । औद्योगिक महोत्सव, कृषि महोत्सव, सांस्कृतिक महोत्सव आदि महोत्सव आयोजना गरेर आयोजकले देशमा उत्पादित विविध वस्तुहरूको प्रचार–प्रसार एवं बिक्री, वितरण गर्नु आफैंमा सुखद् पक्ष हो । अझ देशका विविध कलाकारलाई आ-आफ्नो कला प्रस्तुत गर्न मञ्च प्रदान गर्नु आयोजक र कलाकार दुबैका लागि फाइदाको विषय बन्दै आइरहेको छ ।
विसं २०६६ सालमा धनगढी औद्योगिक महोत्सवले पंक्तिकारलाई आमन्त्रण गरेको थियो । आफ्नो भूमिमा आयोजकले सम्झेकाले खुशी हुँदै काठमाडौंबाट समारोहमा आफ्नो प्रस्तुत देखाउन गएको थिएँ । मेरो उपस्थितिको जानकारी पाएर होला हजारौंको उपस्थिति रहेको थियो । देउडाका विविध लयहरू आफ्नै शैलीमा पस्कँदा उपस्थित सबैले त्यसबेला पनि देउडा खेल खेलेको, युवाहरूले सँगै गीत गाएको याद छ । जति माया सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा पाउँछु, त्यति सद्भाव अन्त पाउन सक्दिन । हुन पनि राजधानीमा देउडा गीतको बीजारोपण सर्वप्रथम यो पंक्तिकारबाटै भएको हो । विसं २०३४ साल कात्तिकको १४ गते रेडियो नेपालमा ‘ओ वाज धुम्रेउली बाज, बौजुका कम्पनी माला’ बोलको गीत रेकर्ड गरेर सञ्चार जगतमा देउडा गीतसंगीत र संस्कृतिको श्रीगणेश गरेको थिएँ ।
ठूलो लगानी छ त्यस क्षेत्रको संस्कृतिलाई देशभरी र देशबाहिर पनि फैलाउन यो पंक्तिकारको । काली, कर्णाली प्रदेशमा सांस्कृतिक क्रान्ति नै गरेकोले यस क्षेत्रका लाखौं संस्कृतिकर्मी पंक्तिकारलाई हृदयदेखि नै सद्भाव दर्शाउँछन् । गीति क्यासेटमा स्वर र संगीत भरेर लाखौं सामु देउडा गीतको पनि गीति क्यासेट सुन्न र प्रचार गर्न सकिन्छ भनेर बजारमा गीति क्यासेट पुर्याउने व्यक्ति पनि यो पंक्तिकार नै हो । २०४६ सालदेखि २०५६ सालसम्म पंक्तिकारद्वारा गाइएका र उत्पादन गरिएका देउडा गीतले एकछत्र रूपमा बजार हल्लायो । स्वदेशका बस्ती-बस्तीमा र भारतका कुनाकुनामा नेपालीले औधी मन पराएर सुने, सुनिरहेछन् ।
आकर्षक मञ्चमा गएर पुराना कालजयी देउडा गीतहरू हजारौं दर्शक, श्रोताका सामु सुनाउन पाउँदा आफूलाई धन्य सम्झिरहेको थिएँ । देउडा गीत त्यहाँका मानिसहरूको जीवन्त कथा हो । उक्त कथा गाउँको झुपडी हुँदै धनगढी, महेन्द्रनगर, टीकापुर, बर्दिया, सुर्खेत र नेपालगञ्जका आधुनिक भवनसम्म फैलिएको छ ।
बीसवटा गीति क्यासेट निजी खर्चमा उत्पादन गर्नु, आफैंले बजार व्यवस्थापन गर्नु, गाउँबस्तीमा पुगेर भाका संकलन गर्नु, राजधानीका महँगा स्टुडियोमा ती गीतहरू रेकर्ड गर्नु आफैंमा सांस्कृतिक क्रान्तिकारी कदम हो भन्न रुचाउँछु म त । मेरो कदमलाई पछ्याउँदै गायक, कलाकार नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, अन्तराम विष्ट, देउडा भूमिमा उदाए । अहिले त गाउँगाउँमा कलाकार जन्मिरहेछन् तर, धेरै व्यक्तिमा इमानदारीताको कमी देखेको छु ।
विसं २०६६ सालको धनगढी महोत्सवमा प्रमुख अतिथि भूपूप्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका नरनारीका तर्फबाट आयोजकले २५ किलोको फूलको माला लगाइदिएका थिए । उक्त समाचार देशभरि प्रमुख खबरका रूपमा प्रसारण भएको थियो । देउवाले सुदूरपश्चिमका जनताको सुविधाका लागि सडक, बिजुली, पिउने पानी, स्वास्थ्य सेवा, रोजगारीका अवसरआदि जस्ता नभई नहुने कार्यको थालनी गरेकाले सम्मानस्वरूप महोत्सवमा २५ किलोको माला जनताले पहि¥याइदिएका हुन् ।
यति ठूलो सम्मान पाउनु डडेल्धुराको रुवाखोलामा जन्मेका र दश वर्षसम्म देशमा प्रजातन्त्र प्राप्तिका लागि कारागार जीवन बिताएका देउवाका लागि भाग्यको कुरा हो । सुदूरपश्चिमका हरेक राजनीतिक पार्टीमा आस्था राख्ने नेता र नागरिक समेत देउवाको भरोषा मान्ने गर्दछन् । जनताले आफूप्रति दर्शाएको मान, मर्यादा, उहाँले कायम राख्न सक्नुपर्छ । लोभीहरूको घेरामा देउवा पर्नु हुँदैन भन्ने उपदेश त्यहाँको जनताले हरबखत दिइरहेका छन् । रंगीविरंगी फूलको गह्रुगो माला ओइलाएर नष्ट भइसक्यो तर इतिहास जीवित छ । देउवाको राजनीतिक इतिहास पनि जीवित रहनुपर्दछ ।
१४ वर्षपछि आकर्षक मञ्चमा गएर पुराना ती कालजयी देउडा गीतहरू हजारौं दर्शक, श्रोताका सामू सुनाउन पाउँदा आफूलाई धन्य सम्झिरहेको थिएँ, आयोजकलाई धन्यवाद दिइरहेको थिए । देउडा गीत त्यहाँका मानिसहरूको जीवन्त कथा हो । उक्त कथा गाउँको झुपडी हुँदै धनगढी, महेन्द्रनगर, टीकापुर, बर्दिया, सुर्खेत र नेपालगञ्जका आधुनिक भवनसम्म फैलिएको छ । छाउपडी प्रथा, गरिब जनताका चुलोको कथा, सुत्केरी हुन नसक्दा या अस्पताल पुग्न नपाउँदै बाटोमै सुत्केरीको दुःखद् निधन भएको यथार्थका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पटकपटक गइरहने भूकम्पबाट मृत्युभएका मानिसका र सदैव त्रसित हुनुपर्ने अनुहारका कथासँग सम्बन्धित रहने गर्दछन् ।
साथै, बेरोजगारीका कारण बस्ती रित्तिँदै गएका, बुढाबुढीले परदेशी छोराछोरीको बाटो हेरिरहेका आशालाग्दो कथाका अलवा भर्खरमात्र दशजना नेपाली विद्यार्थीको खाडीमा हमास समूहद्वारा हत्या गरिएका र विपिन जोशीको बन्दी जीवनसँग जोडिएका भयानक घटनासँग पनि देउडा गीत सम्बन्धित छन् । पाँच वर्षपहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्मला पन्त र २०७२ साल भदौमा टीकापुरमा भएको नरसंहारलाई भुल्न नसकिने कथासँग पनि देउडा गीतका भाका जोडिएका छन् ।
यिनै जीवन्त कथाका अलवा सुदूरपश्चिमको सांस्कृतिक पहिचान र प्राकृतिक सौन्दर्यको गीतमा चर्चा गर्दै हजारौं उपस्थित जनसागरलाई गीतहरू सुनाए । झण्डै १४ वर्षको अन्तरालमा भएको श्रोतासँगको मेरो सांगीतिक भेट आफैंमा अपूर्व र रोमाञ्चित रहृयो । विसं २०३४ देखि २०५७ सालसम्म रेकर्ड गरिएका केही कालजयी गीतहरू सुनिरहँदा श्रोताहरू निक्कै भावुक देखिन्थे । कुनै आँशु खसालिरहेका, दर्शकदीर्घामा कुनै देउडा नाचिरहेका पनि देखिन्थे । युवाहरू एकाग्रताका साथ पुराना मौलिक भाका सुनेर पटकपटक ताली दिइरहेका थिए । महिलावर्गको ठूलै समूह मन थाम्न नसकि आकर्षक मञ्चमा आएर खुशी साथ आपसमा गीतसँगै देउडा खेलिरहेका देखिन्थे ।
जाडोको मौसममा पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरालगायत नरनारी तराई झरेको बेला पनि भएकोले भरपूर मनोरञ्जन गर्न पायौं, देउडाका गुरुका गीत प्रत्यक्ष सुन्न पनि पायौं भनी प्रतिक्रिया दिइरहेका थिएँ । धेरैजसो राष्ट्रसेवक कर्मचारी गीत सुन्नकै लागि भनेर कार्यक्रममा उपस्थित भएका देखिन्थे । राजनीतिकर्मी, प्रान्तका पूर्वमन्त्रीलगायत ८५ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरूको उपस्थिति आफैंमा गौरवमय लाग्यो मलाई ।
कुनै बेला देउडा गीतहरू पहाडी मूलका श्रोताका लागिमात्र जीवनसाथी बनेका थिए । वर्तमानमा तराईका भूमिपुत्र थारू समुदायका लागि उत्तिकै प्रिय बनेका छन् । देउडामा मजासँग लोली मिलाउँछन् र नाच्छन् । यसैगरी केही देउडा कलाकारले थारू गीतहरू पनि सुनाएर समावेशी संस्कृति दर्शाए । धनगढी, महेन्द्रनगर, केवल व्यापारिक शहरमात्र नभएर सांस्कृतिक शहर हुन् । धनगढी महोत्सवमा पहाडी खानेकुराका परिकारहरू फाउन्यामाणा, निसास्या, चुकानी बटुक, बाबर, लाउन, गतानी डुक्का, अनर्सा आदि पकवान्हरू पनि मानिस स्वाद मानेर खाइरहेका देखिन्थे । फलफूलको पनि राजधानी मानिएको सुपको पहाडी खण्डमा उत्पादित अमिलो, ज्यामिर, कागती, सुन्तला, ओखर, जुम्लाको स्याउ खरिद गर्नेहरूको पनि उपस्थिति प्रशस्तै देखिन्थ्यो । अल्लोबाट बनेका कोट, बोल्लोबाट निर्मित टोपी, दौरासुरुवाल र गलबन्दीले राम्रै बजार पाएको रहेछ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालको पहलकदमीमा धनगढीको साँघुरा सडक फराकिला बन्दै छन् । निर्माणकार्यले बजार अस्तव्यस्त देखिए तापनि निकट भविष्यमा यो शहरको मुहार फेरिने कुरामा नगरपिता हमाल ढुक्क देखिन्छन् । २०३५ देखि २०६० सालसम्म शहरवासीले सुविधा पाएका थिएनन् । साँघुरो सडकमा रिक्साचालकको चाप थियो, बस्नलाई होटलको कमी थियो । पुस, माघमा हुस्सु ठण्डीका कारण मानिसहरू बिरामी पर्ने, जेठ, वैशाख, असारको गर्मीमा लु लाग्ने गर्दथ्यो । यस्तो बेला यो पंक्तिकारले रिक्सामा गीति क्यासेट राखेर प्रत्येक पसलमा बिक्रीवितरण गरेको थिएँ । धेरै व्यक्तिबाट माया, केही व्यक्तिबाट भने बादी, भाणको उपमा पाएको थिएँ ।
अहिले तिनै संस्कृतिकर्मीबाट देउडा सम्राटको उपाधि सुन्दा बडो अनौठो लाग्छ । जुन चेतनाको वृद्धिका कारणले भएको हो । समयको गतिसँगै धनगढीका बस्तीमा सुविधाप्राप्त हुँदैछन्, प्रान्तको राजधानीसमेत रहेको धनगढीमा सुविधासम्पन्न आधुनिक होटलहरू धमाधम निर्माण हुँदैछन् । रिक्सा विस्थापित भएर आधुनिक अटो भित्रिएका छन् । नगरपालिकाले पिउने पानी, बजार व्यवस्था, सरसफाई, औषधिमूलो लगायतका काममा ध्यान दिएको पाइन्छ । चौबीसै घण्टा नेपालकै बिजुली प्रयोग हुने सुविधा, खेलकुदका लागि बेग्लै भरपर्दो परियोजना लागू हुँदै छ भन्छन् स्वतन्त्र उम्मेदवार भएर भारी मतले विजयी नगरपिता हमाल ।
नेपालमा संघीय सरकार, प्रदेश र स्थानीय तह तथा अन्य गैरसरकारी संस्थाले विभिन्न विषयवस्तुमा समय-समयमा सर्भे गर्दछन् । सर्भे अर्थात् एक खालको लिखित अन्तर्वार्ता जसको माध्यमबाट विवरण प्राप्त गर्ने गरिन्छ, एउटा प्रतिवेदन तयार गर्ने गरिन्छ र सर्भे सम्पन्न हुन्छ । प्रश्नावलीहरू डम्पिङसाइटमा फालिन्छ । यहाँनेर हामीले बुझ्नुपर्ने के हो भने सर्भेले कुनै प्रणालीको विकास गर्न सक्नुपर्दछ र त्यो प्रणालीले त्यो क्षेत्रलाई सुधार गर्न सक्नुपर्ने हुन्छ । यदि यसरी सर्भे गर्न सकियो भने विभिन्न नाममा हुने सर्भे सधैंका लागि अन्त्य हुन्छ र जनता तथा सेवाग्राहीलाई पटक-पटक दुःख दिने प्रवृत्तिको अन्त्य हुन्छ ।
हरेक संस्था, व्यक्ति र निकायले आ-आफ्नै तरिकाले अभिलेख राख्ने गरेका हुन्छन् । जस्तै सामुदायिक वनले आफ्ना उपभोक्ताको विवरणको अभिलेख राखेको हुन्छ, टोल विकास संस्थाले आफ्नै तरिकाले टोलबासीको अभिलेख राखेको हुन्छ । वडा कार्यालयले आफ्नै तरिकाले वडावासीको अभिलेख राखेको हुन्छ, पालिकाहरूले आफ्ना नागरिकको अभिलेख आफ्नै ढंगले राखेको हुन्छ । अस्पतालले आफ्ना बिरामीको अभिलेख आफ्नै तरिकाले राखेको हुन्छ । विद्यालय तथा विश्वविद्यालयले आफ्ना विद्यार्थीको अभिलेख आफ्नो अनुकूल राखेको हुन्छ । विद्युत्, खानेपानी, यातायात, सञ्चार तथा बैंक, वित्तीय संस्था, सहकारी तथा शेयर बजारले आफ्ना सेवाग्राहीको अभिलेख आफ्नै तरिकाले राखेका हुन्छन् ।
कुनै बेला देउडा गीतहरू पहाडी मूलका श्रोताका लागि मात्र जीवनसाथी बनेका थिए । वर्तमानमा तराईका भूमिपुत्र थारू समुदायका लागि पनि उत्तिकै प्रिय बनेका छन् । देउडामा मजासँग लोली मिलाउँछन् र नाच्छन् पनि ।
सिँचाइ, भूमिसुधार, प्रहरी प्रशासनले नागरिकको अभिलेख आफ्नै तवरले राखेका हुन्छन् । ती सबै अभिलेखमा एकरूपता ल्याउनु जरुरी छ । सरकार जनताको अभिभावक हो । जनताको रक्षा गर्नु, जनताको सम्पत्तिको सुरक्षा गर्नु, जनताको सूचनाको सुरक्षा गर्ने कर्तव्य सरकारको हो अर्थात राज्यको हो । आफ्ना जनता के गर्दैछन् ? कस्तो कार्यमा संलग्न छन् । उनीहरूको अवस्था कस्तो छ ? उनीहरूको आवश्यकता के हो भन्ने कुराको राज्यले हेक्का राख्नुपर्दछ । त्यसका लागि राज्यलाई सिष्टम चाहिन्छ । जनताको जीउधन, सूचना, सम्पत्ति, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, आवास, रोजगार हेर्ने जिम्मा राज्यको हो ।
संविधान तथा कानुनले सबै नागरिकलाई सूचना र गोपनीयताको हक प्रदान गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन भएको छैन । त्यसैले हरेक व्यक्तिको विवरण खोल्न वा हेर्न सम्बन्धित व्यक्तिको फिंगर प्रिन्ट र रेटिना स्क्यानको अनिवार्य व्यवस्था गर्नुपर्दछ । घरधुरी, व्यवसाय, संस्था र निकायको अवस्था कस्तो छ भन्ने कुराको विश्लेषण गरी अभिलेख राख्ने गर्दछ भने घरधुरीभित्र रहेका प्रत्येक सदस्यको विवरण राख्ने गर्दछ । जसका कारण सेवा प्रवाहमा एकरूतालाई सहजता प्रदान गर्दछ । भ्रष्टाचार, कालोबजारी, घुसखोरी, बलात्कार, हत्या, हिंसाजस्ता अपराध नियन्त्रण गर्न सहयोग पुग्दछ ।
आजको अवस्थामा सरकारले विद्युतीय सेवा प्रवाहको थालनी गरेको छ भने विश्वविद्यालय तथा विद्यालयहरूले अनलाइन कक्षाहरू सुरुवात गरेका छन् । राजनीतिक दलहरूले भर्चुअल मिटिङ गर्न थालेका छन् । विभिन्न निकायसमेत अनलाइन प्रणालीमा गइसकेको अवस्थामा सिष्टमलाई समेत व्यवस्थित गर्न सकेमा मात्र प्रभावकारी विद्युतीय सेवा प्रवाह हुनसक्छ । अर्कोतिर आजभोलि प्रविधिको अत्याधिक प्रयोगसँगै सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगसमेत बढ्न थालेको छ । विभिन्न माध्यमको प्रयोग तथा प्रलोभनमा पनि नागरिकको सूचना बाहिर जाने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिले नागरिकको सुरक्षामा प्रश्न चिहृन खडा भएको छ ।
त्यसैले प्रविधिको उचित व्यवस्थापनको साथै नागरिकको सुरक्षा तथा नागरिकलाई सेवा प्रदानको उचित माध्यम नै डिजिटलाइजेसन हो । सर्भेका नाममा विभिन्न कालखण्डमा अर्बौं रकम खर्च भए पनि उपलब्धि शून्य छ । जनगणनाले समेत एक शताब्दी पार गर्दासमेत जनताको अभिलेख व्यवस्थापन राम्रो नहुनु विडिम्बनाको कुरा हो । आखिर प्रत्येक दिन प्रकाशन हुने प्रतिवेदनहरूले जनतालाई के दिए ? जनतालाई कहिलेसम्म यसरी दुःख दिने ? विकासको नाममा, चियापानको नाममा, सेमिनार, गोष्ठीको नाममा, सुरक्षाको नाममा, सभा सम्मेलनको नाममा राज्यको ढुकुटी रित्याउने तर जनताको अभिलेख व्यवस्थापन गर्न बेवास्ता गर्ने प्रवृत्ति कहिलेसम्म ?
सरोकारवाला सबै निकाय (वन, टोल, वडा, पालिका, विद्युत्, खानेपानी, सडक, सिँचाइ, यातायात, स्वास्थ्य संस्था, विद्यालय, विश्वविद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन, जिल्ला तथा इलाका प्रशासन, जलविद्युत् परियोजना, सुरक्षा निकाय, शेयरबजार, पुँजीबजार, उद्योग कलकारखाना, भूमि सुधार तथा राजस्व कार्यालय, अनुसन्धान कार्यालय, हुलाक तथा विज्ञान प्रविधि तथा उत्पादन र वितरण बजार, राजनीतिक दलहरू, सामाजिक संस्थाहरू, गैरसरकारी संस्थाहरू)को अभिलेखमा एकरूपता ल्याई जनता तथा सेवाग्राहीलाई चुस्तदुरुस्तरूपमा सेवा प्रवाह गर्नु आजको आवश्यकता हो ।
यो सबैका लागि डिजिटलाइजेसन अपरिहार्य छ । यसको माध्यमबाट उत्पादनमा वृद्धि गरी रोजगारी सिर्जनाको साथै राष्ट्रिय अर्थतन्त्र र सुरक्षा संयन्त्रमा समेत सहयोग पुर्याउन सकिन्छ । एकातिर सबै जनतालाई सिष्टममा लैजाने कार्यले सर्भेका नाममा हुने अनावश्यक खर्च कटौती हुन्छ भने अर्कोतिर बचत रकमलाई देश र नागरिकको विकास तथा सुरक्षामा लगाउन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच