काठमाडौं । प्रकाश सपुतले गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा रहेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । गीतमा शब्द तथा संगीत सपूत स्वयंको छ भने स्वरमा उहाँलाई कुशल बेलबासे र प्रताप दासले साथ दिनुभएको छ ।
गीतको एरेञ्ज सुदीप सागरले गर्नुभएको हो । गीतको भिडियोमा प्रकाशसँगै कुशुम शर्मा, रोशनी कार्की, विजय पुनलगायतको अभिनय छ । नवराज उप्रेतीको छायांकन, प्रवीन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गर्नुभएको हो ।
गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर, मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एकछिन् भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ । समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच