
काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण हुनेभएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका अन्य कलाकार भने सार्वजनिक गरिएको छैन ।
यो चलचित्रलाई स्वस्तिमाले नै निर्माण गर्न लाग्नुभएको हो । ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा चलचित्र निर्माण हनु लागेको हो । ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काका श्रीमान्को कम्पनी हो ।
आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने चलचित्रको छायांकन आगामी चैतदेखि हुने जनाइएको छ । चलचित्र निर्देशकद्वय बराल र काफ्लेले लेख्नुभएको हो । दुवैले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लाग्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच