![‘पर्खी बसेँ तिमीलाई’ को शीर्ष गीतमा किरण र रक्षाको अनस्क्रिन रोमान्स](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Parkhi-Base-Timilai.jpg)
विराटनगर । कोशी प्रदेशस्थित उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुलको विषयमा नेपाल विद्युत प्राधिकरणले उद्योगको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उल्लेखित तीनवटै संगठनद्वारा बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उद्योगमा विद्युत काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुदाँ रोजगारी, राजस्व तथा बैंक व्याज भुक्तानी, बजार शृंखलालगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ? यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भएकाले सरकारले समस्याको गम्भीर्यतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि अविलम्ब पहल गर्नुहुन अनुरोध छ ।’
डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि प्राधिकरण र प्रभावित उद्योगीबीच हुँदै आएको विवादका कारण पेचिलो बनेको उक्त विषयमा न्यायोचित समाधान खोजिनुपर्ने पनि ती संगठनहरुको जोड छ ।
विद्युत आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगमा काटिएको विद्युत आपूर्तिलाई अविलम्ब सुचारु गरी त्रिपक्षीय सरोकारवाला सरकार, प्राधिकरण र निजी क्षेत्रसमेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरुपण गरी निजी क्षेत्रलेसमेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न माग गरिएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच