सवारी दुर्घटना बढ्न थालेपछि टाइम कार्ड लागु गरिँदै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । सवारी दुर्घटना बढ्न थालेपछि सवारी साधनलाई टाइम कार्ड लागु गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर सवारी साधनमा टाइमकार्ड लागु गर्ने निर्णय गरेको हो ।

तिब्र गतिका कारण दुर्घटनाबाट मानविय क्षेति बढ्न थालेपछि टाइम कार्ड लागु गर्न थालिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । राजर्मागमा गुड्ने सवारी साधन तथा यात्रुको सुरक्षाका लागि प्रहरी चेकजाँचमा कडाई गर्न भने शुरु भइसकेको छ । बैठकबाट सडक सुरक्षा चुस्त बनाउन राजमार्ग क्षेत्रमा बिभिन्न कारणले हुने सडक अबरोधहरु तत्काल हटाउन सकृयता देखाउनेलगाएतका निर्णय गरिएको छ ।

वैठकमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले दुर्घटनाबाट हुने मानविय क्षति न्युनिकरणका लागि प्रहरीले चेकजाँचलाई थप ब्यवस्थित बनाउने बताउनुभयो ।

यातायात ब्यवसायीले पनि जिल्ला सुरक्षा समितिको निर्णयलाई सकारात्मक रुपमा लिएका छन् । सवारी दुर्घटना न्युनिकरणको विषयमा स्थानिय जनप्रतिनिधिबाट पनि पहल हुनपर्ने मत राखेका छन् । यातायत व्यवसायी भरतनाथ योगीले दुर्घटना न्युनिकरणका लागि प्रहरी प्रशासन संगै स्थानिय जनप्रतिनिधिहरुले पनि विशेष ध्यान राख्न आवश्यक भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?