✍️ उदयकुमार यादव
वास्तवमा प्राचीन तथा पौराणिक कालकै मिथिला राज्यको राजधानी जनकपुर भएको जसका राजा राजर्षि जनक स्वयं नै भएको किंबदन्ती विश्वव्यापी नै रहेको छ । त्यसमा पनि राजा जनककी छोरी सीताको विवाह अयोध्याका महाराजा दशरथका छोरा श्रीरामसँग भएको धार्मिक र मार्मिक गाथा बोकेका महान् धार्मिक नगरीका विशाल जानकी मन्दिर अहिलेसम्म पनि किन विश्व सम्पदामा सूचीकृत हुन सकेको छैन ? यस मन्दिरका निर्माण त्यसै भएको होइन फेरि, भारतका टिकम गढकी महारानी वृषभानुको पुत्रलाभ भएबापत सन् १९११ तिर त्यसताका नौलाख भारु अर्थात् अहिलेका नौलाख अमेरिकी डलरभन्दा पनि बढीमै निर्माण भएका हुनाले यसलाई नौलखा मन्दिर भनी नामकरण भएको बुझिन्छ ।
नेपालको अहिलेसम्म विश्वसम्पदामा सूचीकृत भएका भक्तपुर दरबार, पशुपति क्षेत्रलगायत अन्य टपटेन ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदामध्ये कुन चाहिँ यसको बराबरीमा रहेको छ ? यसबाटै प्रष्ट हुन्छ कि तत्कालीन राज्यसत्ता चलाउने शासकहरूले यसप्रति सुरदेखि नै उपेक्षा गरेको रहेछ नत्र भने युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा अन्य स्थलका मापदण्ड पुगेको रहेछ तर केवल जानकी मन्दिर र जनकपुरधामको चाहिँ पुगेका रहेनछ भन्ने कुरा कति यर्थाथ हो भने आफैंमा उदेकलाग्दो रहेछ ।
जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व उपमहानगरपालिकाले लिइसकेको भन्दै मेयरले काठमाडौंस्थित, युनेस्को, पुरातत्व विभाग, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफलसमेत भइरहेको कुरा बताउनुभएको छ ।
हुन त स्थानीय सरकारको नाताले, मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित् हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने शुभकार्यलाई अभियानका रूपमै लैजानुपर्ने उपमहानगरपालिकाका वर्तमान प्रमुख मनोजकुमार साहले बताउनुभएको कुरा सराहनीय छ । उहाँले काठमाडौंस्थित समस्त सरोकावाला निकायसमक्ष आवश्यक पहल गरिनुपर्ने आग्रह गर्नुभएको हो । जानकी मन्दिरलाई चाँडोभन्दा चाँडो विश्व सम्पदा सूचीमा राख्ने पहलका लागि सबै सम्बन्धित सरोकारबाला निकायसँग आग्रह गर्नुभएको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व उपमहानगरपालिकाले लिइसकेको भन्दै मेयरले काठमाडौंस्थित, युनेस्को, पुरातत्व विभाग, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफलसमेत भइरहेको कुरा बताउनुभएको छ । उहाँको भनाइअनुसार युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रोफ्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई समेत भेट गरी जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।
मेयर साहले युनेस्को प्रतिनिधि माइकल क्रोफ्टका भनाइनुसार अहिलेसम्म अधिकांश प्रक्रिया पूरा भएको भए पनि केही महत्वपूर्ण प्रक्रिया बाँकी छ, तथापि ती बाँकी पक्रिया छिटो पूरा गर्नुपर्ने आस्वाशन दिएको बताउनुभएको छ । यसैगरी साहका अनुसार अर्थ मन्त्रालयका सचिव डा.कृष्ण पुष्करहरि समक्ष जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा राख्न मन्त्रालयबाट आवश्यक बजेट विनियोजनका लागि पनि आग्रह गरिएको बताउनुभएको छ । आशा गरौं । मेयर साहको पहल स्थानीय सकारको नाताले सम्बन्धित सबै सरोकारबालाले यस्ता शीषर्थ सबालको जबाब समयमै पूरा गरून् ।
तर, प्रदेश सरकारको पनि यसप्रति कुनै खास प्रयास देखिएन । हुन त सङ्घीय सरकारका नेतृत्व गर्न प्रधानमन्त्री सम्मानीय पुष्पकमल दाहाल आफू सरकारमा र आफैँ प्रधानमन्त्री भएका बेला उहाँले कतिचोटि बाचा गरिसक्नु भएको छ । अबका दिनमा यस ऐतिहासिक नगरी जनकपुरधामको महान् धार्मिक, सांस्कृतिक र ऐतिहासिक गाथा बोकेको मुगल शैलीको पुरातात्विक वस्तुकलाको विश्वको नमुना जानकी मन्दिरलाई छिटोभन्दा छिटो विश्व सम्पदामा समावेश गर्न उहाँले पहल गर्नेछु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तेस्रो पटक बडो रहस्यमय तरिकाबाट मानौँ महाभारतको चक्रव्यूह नै रचेर, प्रधानमन्त्री भई सरकारको नेतृत्व गरिराख्नु भएको रहेछ । तथापि यसपालि पनि यस्ता महान् कर्ममा असफल हुनुभयो भने र उहाँले गरेको यस धार्मिक स्थलप्रतिको कबुल पूरा भएन भने ठूलै पाप लाग्नेछ । विगतमा मधेस प्रदेशका प्रमुखमन्त्रीले खासै पहल गरेपनि पटकपटक उहाँ हिन्दु-मुस्लिमका विवादमै फसेर केही रचनात्मक त्यस्ता कार्य गर्न सक्नुभएन ताकि त्यस मापदण्ड र पृष्ठभूमिबाट सङ्घीय सरकार अनि युनेस्को पनि यसलाई विश्व सम्पदामा राख्न बाध्य हुने थिए तर पूर्वमाननीय मुख्यमन्त्री लालबाबु राउत यस्ता ख्यातिप्राप्त यश चाहिँ कमाउन असफल हनुभयो ।
यसर्थ यस साहित्यक तथा धार्मिक लेखमार्फत् आफूले अहिलेका वर्तमान मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि यही अपेक्षा राख्दछौं कि उहाँले पनि आफ्नोतर्फबाट कम्तीमा जानकी मन्दिर कसरी विश्व सम्पदामा आउला भनी आवश्यक पहल सम्बन्धित ठाउँमा पुगेर गरिदिनुप¥यो । किनकि स्थानीय सरकारको नाताले वर्तमान मेयरले सम्बन्धित सबै ठाउँमा आफैं पुगेर यस महान् पवित्र कार्यमा लागिपर्नु भएको कुरा आफ्नो ठाउँमा कम सराहनीय छैन ।
विगतमा भारतीय सरकारका प्रधानमनत्री नरेन्द्र मोदीद्वारा जनकपुर क्षेत्र विकासका लागि प्रदान गरिएको एक अर्ब निकट भविष्यमा अन्तर्राष्ट्रिय बहुउद्देशीय सीताराम (रामजानकी) रंगशालामा लगाइने भएको कुरा सुन्नमा आएको छ । जानकी टेलीभिजनमा देखिएको अन्तर्वार्ताअनुसार दिनेश पूर्वे नाम गरेको एकल अभियानीबाट यो शुभसमाचार चाँहि चर्चामा आएको छ । उहाँका अनुसार धेरै सङ्घर्ष गरेबापत यो रकम बल्ल रङ्गशाला निर्माण हेतु निकासा हुने सम्भावना प्रबल रहेको कुरा बाहिर आएको छ, किनकि अभियानको कठिन सङ्घर्षको विगतमा भारतीय सम्बन्धित सरकारी टिमद्वारा डिपिआरको ड्राफ्ट पनि माग गरिसकेको हुनाले यस क्षेत्रमा केबल हाम्रोतर्फबाट विलम्ब भइरहेको छ ।
पूर्वेको भनाइअनुसार यसका लागि आवश्यक जग्गा पनि उपलब्ध भइसकेको रहेछ प्रदेश सरकारसँग सहमति गराएर सङ्घीय सरकारको स्वकृतिमा जति छिटो यस प्रोजेक्टको डिपिआर भारतीय सरकारी टिमसमक्ष पेस गरियो भनेदेखि मोदी सरकार आफैँ त्यति सहयोगका लागि आतुर रहेको कुरा विभिन्न मिडियामार्फत पूर्वेले बताउँदै आइराख्नुभएको छ । तर, यस्तो शुभकार्यमा अबेर किन ? करिब दश अर्बको लागतमा यो बहुउद्देश्य रङ्गशालाअन्तर्गत रामजानकी स्वयंको एशिया तहको युगल विवाह मूर्ति (मैरिज स्ट्चु) पनि स्थापना गरिने यस विशाल प्रोजेक्टको अवधारण रहेको छ ।
तर, प्रदेश सरकारसँगको छलफल अहिलेसम्म टुङ्गोमा पुगेको छैन किनकि मधेस प्रदेशसम्बन्धी सरकारी पक्षधरका मुताबिक यो रकम जनकपुरका ऐतिहासिक धरोहर पुराणा गोपाल धर्मशालाकै पुनर्निमाणमा लगाइयोस् भने, प्रस्ताव यो पनि आफ््नो ठाउँमा सही नै हो किनकि जनकपुर ऐतिहासिक पौराणिक नगरीको विकासको लागि आएको रकम कसैगरी पनि जनकपुरको पुनर्निर्माणका विकासमै लागोस् तर त्यति विवाद गरियो भने त्यो रकम समुचित विकासका निम्ति निकासा नभई फ्रिज हुन गएमा सदुपयोग हन सक्दैन ।
कम्तीमा एक अर्ब भारतीय सहयोग तत्काल जनकपुरका सर्वोपरी विकासमा लगाइयो भनेदेखि पर्यटकीय स्थलका लागि पूर्वाधार तयार भएर युनेस्कोको नजरमा विश्व सम्पदाको मापदण्ड स्वतः तयार नै हुनेथियो भन्ने कुरामा कुनै दुई मत नहोला । ऐतिहासिक नगरी जनकपुरका धार्मिक सांस्कृतिक गाथा बोकेको पर्यटकीय महान् धरोहर जानकी मन्दिरलाई युनेस्कोले, हाम्रो तीनै तहको सरकारको उचित पहल र विशेष दबाबबाट बाध्य भई अवश्य विश्व धार्मिक सम्पदा सूचीमा दर्ता गरोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच