काठमाडौं । यती एयरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा सान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जित्नुभएको छ । यतीले फेसबुक लाइभमार्फत् गरेको लक्की ड्र मा राईले तीन लाख ३९ हजार नौसय रुपैयाँबराबरको बजाज पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नुभएको हो । उहाँले यती एयरलाइन्समा कात्तिक ९ गते काठमाडौं-विराटनगर यात्रा गर्नुभएको थियो ।
दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले प्राप्त गर्नुभएको छ । उहाँले पनि थाई एयरतर्फबाट दुईजनाका लागि बैंकको दुईतर्फी हवाई टिकट प्राप्त गर्नुभएको छ । श्रष्ठले यती एयरलाइन्समार्फत् कात्तिक २१ गते विराटनगर-काठमाडौं यात्रा गर्नुभएको थियो । तेस्रो पुरस्कार कात्तिक २७ गते काठमाडौं-भैरहवा यात्रा गर्नुहुने तीर्थकुमारी भण्डारीले प्राप्त गर्नुभएको छ । उहाँले एक लाख पाँच हजार मूल्यबराबरको एलजीको वासिङ मेसिन प्राप्त गर्नुभएको हो । त्यस्तै चौथो पुरस्कार आयुष पौडेलले बालाजी डाइमण्डतर्फबाट ८२ हजार रुपैयाँबराबरको हीराको टप प्राप्त गर्नुभएको छ । उहाँले कात्तिक ७ गते पोखरा–काठमाडौं यात्रा गर्नुभएको थियो ।
सोही योजनाअन्तर्गत यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिद्धार्थ बुटिक होटलको जोडीसहित‘नाइट स्टे’ प्राप्त गर्नुभएको छ छ भने अर्जुन सिंह र नीलमकुमारी महतोले फार्म सपतर्फबाट र सरोज डंगोल र शारदा अधिकारीले लुक्ला आउट डोरतर्फबाट सात हजार रुपैयाँबराबरको गिफट हृयाम्पर प्राप्त गर्नुभएको एयरलाइन्सले जनाएको छ । सो अवधिमा करिब एक लाख यात्रुले यती एयरलाइन्समा यात्रा गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच