ललितपुर । ललितपुर महानगरपालिका १२ प्रयाग पोखरीस्थित श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारण ज्येष्ठ सदस्य पांचा अवालेको आतिथ्यता तथा संस्थाका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा ललितपुरमा सम्पन्न भएको छ । अध्यक्ष महर्जनले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देशमा सिर्जित प्रतिकूल अवस्थामा अवस्थामा पनि संस्थाले दुई करोड ४२ लाख चार सय नौ रुपैयाँ खुद नाफा कमाउन सफल भएकोले शेयर लाभांश ९.७८ प्रतिशतका साथै स्वास्थ्योपचार खर्च उपलब्ध गराउने प्रस्ताव गर्नुभएको थियो ।
शेयर सदस्यतर्फबाट श्यामकृष्ण महर्जनले सञ्चालक समितिलाई सचेततापूर्वक पुँजी परिचालन गर्नुपर्ने र सञ्चालक समितिमा नयाँ पुस्तालाई सक्षम बनाउँदै विस्तारै नेतृत्व हस्तारण गर्ने प्रक्रिया अघि बढाउनुपर्र्ने सुझाब दिनुभयो । सो अवसरमा १६ जना भीमरथारोहण गरिसकेका ज्येष्ठ सदस्य, सदस्य तथा सदस्यका छोराछोरीमध्ये १२ कक्षामा उत्कृष्ट पाँच विद्यार्र्थी र संस्थाबाट ऋण कारोबार गर्ने सदस्यमध्ये तीन उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो ।
सम्मानित ज्येष्ठ सदस्यमध्ये प्रथम नेपाली महिला पाराशुट जम्पर सुन्दरी श्रेष्ठले प्याराासुट अनुभव सुनाउनुभएको थियो । सचिव भीमलाल महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुरलगायतले पनि संस्थाबारेमा चर्चा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच