कामना र टियुबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागबीच दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवक उपलब्ध गराउने भएको छ । साथै व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई बैंकको वित्तीय सेवासुविधा प्रयोग गर्न प्रोत्साहित गर्नेछ ।

बैंकले पहिचान गरेका क्षेत्रमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धानसमेत गर्नेछ । बैंकले व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसरसमेत प्रदान गर्नुका साथै प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीलाई दुई शोधकार्य गर्न छात्रवृत्ति प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?