सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताउनु भयो ।

उहाँले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्यासका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताउनु भयो । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिनुभएको कार्यवाहक महासचिव पाण्डेयले बताउनु भयो ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता जनाउनुभएको पनि कार्यवाहक महासचिव पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘५ जनाको टोली सोमवार आउनुभएको थियो । उहाँहरुले आज सम्माननीय सभामुखज्युसँग भेट गर्नुभयो । उहाँहरुको बीचमा दुई देशको सम्बन्धका बारेमा कुरा भयो । दुई देशका संसदको आपसी सहयोग कसरी हुनसक्छ ? भन्ने विषयमा महत्वपूर्ण छलफल भएका छन् । सभामुखज्यु आयरल्याण्ड भ्रमणमा जाँदा उठाउनुभएका विषय नेपाल र आयरल्याण्डको बीचमा पार्ल्यामेण्ट्री सपोर्ट कसरी हुनसक्छ ? भन्नेबारेमा छलफल भएको छ । नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्नेकुरामा छलफल भयो । युकेको भिसा लिएका नेपालीहरुलाई आयरल्याण्ड भिजिट गर्न दिनेकुरा उठाउनु भयो । संसदीय अभ्यास र जानकारी साटासाटका कुराहरु पनि छलफल भयो । यो सवालमा उहाँहरु सकारात्मक हुनुहुन्छ । आयरल्याण्डको राष्ट्रिय सभा अध्यक्षले सभामुखको भिजिटका क्रममा उठेका कुराहरु स्मरण गरिहरेको र त्यसलाई कार्यान्वयन गर्न लागिरहेको बताउनु भयो । एजुकेशनको बारेमा सकारात्मक भएको बताउनु भयो । आयरल्याण्डमा नेपाली विद्यार्थीहरुका लागि स्कलरसिप खोज्नेकुरामा सकारात्मक कुरा भएको छ ।’

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आउनुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?