
एजेन्सी । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स नौ विमानलाई ग्राउण्ड गरेको छ । टिएचवाईले आफ्ना सबै पाँच म्याक्स नौ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो ।
प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमान ग्राउण्ड हुनेछन् । अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स नौ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रवार १६ हजार फिट उचाइमा विष्फोट भएको थियो । जसले ठूलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो ।
अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडेको केही समयपछि भएको उक्त घटनाले यात्रुहरूलाई आतकिंत बनाएको थियो । ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्याण्डमा आपत्कालीन अवतरण गरेको थियो । सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच