मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

बुधवार बेलुकी अछामबाट कैलाली चिसापानी हुँदै बर्दिया तर्फ जानेक्रममा कैलालीको मोहन्याल गाँउपालिका-७ चिसापानी देखि कुइने जाने कच्ची सडक खण्डमा भे १३ प १०७४ नम्वरको मोटरसाइकलमा सवार अछाम पञ्चदेवल बिनायक नगरपालिका १ का ३८ वर्षिय खगेन्द्र प्रसाद ढकाल र उनकी श्रीमती ३४ वर्षिय महेश्वरी तिमिल्सिना ढकालको दुर्घटनामा परी मृत्यु भएको इलाकाप्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

अन्य यात्रुले सडक देखि करिब ३ सय मिटर तल मोटरसाइकल देखेपछि प्रहरीलाई खवर गरेका थिए । अछामबाट बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ तर्फ आउँदै गर्दा सो घटना घटेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?