काठमाडौं । आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हराएको छ । वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको हो ।
जितका लागि एक सय १५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो । नेपालका गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए ।
आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो । नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच