काठमाडौं । लक्ष्मी सनराइज बैंकको सात प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । पुस २६ गते सम्पन्न २३औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । अर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयर धनीलाई सात प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संस्थापक सेयर धनीतर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण सेयर धनीबाट स्वाती रुँगटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच